सम्पत्ति बहालमा लगाउने विद्यालयको तथ्याङ्क खोज्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ । तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन । महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र ३० वटा […]

सम्बन्धित सामग्री

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

काठमाण्डौ – अघिल्लो आर्थिक वर्षको तुलनामा गएको वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजी सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ ।  यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा त्यो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदा...

स्याङ्जा र पाल्पामा विमानस्थल निर्माणका लागि ठाउँ खोज्दै प्राधिकरण

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ ।  स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेशन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले यहाँका सम्भावित स्थानको अध्ययन अवलोकन गरेको हो ।स्थानीय जनप्रतिनिधि तथा प्राविधिकको टोलीले स्याङ्जाको चापाकोट–८ स्थित मचेडाँडा, पाल्पाको रामपुर–६ को बिट्टार र १० को कुमाल गाउँको स्थलगत अवलोकन गरेको प्राधिकरणका इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिए । “यहाँका जनप्रतिनिधि स्याङ्जाको चापाकोट तथा पाल्पाको रामपुरमध्ये उपयुक्त हुने जुनसुकै स्थानमा विमानस्थल बनाउनका लागि पहल गरिदिन मन्त्रालयमा डेलिगेशन जानुभएको थियो”, उनले भने , “जनप्रतिनिधि र प्राविधिकको टोलीले रामपुर र चापाकोटका सम्भावित स्थानको स्थलगत अवलोकन गरेका छौँ, प्राविधिक हिसाबले जुन उपयुक्त हुन्छ सोही रिपोर्ट मन्त्रालयमा पेश गर्ने र त्योसँगै आगामी प्रक्रिया सुरु हुने छ ।” सम्भावित स्थानको आधारभूत तथ्याङ्क सङ्कलन गरिएको उनले बताए । तीन वटा ठाउँमध्ये अहिले नै यही स्थान उपयुक्त छ भन्न नसकिने भएकाले यस पछाडि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने उनले बताए । “प्राविधिक दृष्टिले कुन स्थान उपयुक्त हुन्छ त्यो प्रतिवेदन आएपछि मात्रै अर्को चरणको काम सुरु हुनेछ”, उनले भने, “त्यसका लागि स्थानीयस्तरबाट निर्माण कार्यका लागि राजी छौँ भनेर आएमा मन्त्रालयको सैद्धान्तिक सहमतिमा विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनका काम अगाडि बढ्नेछ ।” स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेग र तनहुँको पश्चिमी भेगका नागरिकको सहजता र मागका आधारमा यहाँ पटकपटक विमानस्थल निर्माणको चर्चा हुँदै आइरहेको छ । रामपुर र चापाकोटका सम्भावित स्थानको अध्ययन अवलोकनका लागि प्राविधिकको टोली आएसँगै धेरै लामो समयदेखि यहाँका नागरिकले उठाएको मागलाई सम्बोधन हुने विश्वासमा स्थानीय छन् ।

मधेस सरकार : भौतिक संरचना निर्माणका लागि सार्वजनिक जग्गाको तथ्यांक खोज्दै

माघ ३ मा प्रदेशको नामकरण र स्थायी राजधानी कायम भएपछि मधेस प्रदेश सरकारले स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजीलाई तीव्रता दिएको छ । यसका लागि मधेस सरकारले सार्वजनिक जग्गाहरूको तथ्याङ्क उपलब्ध गराउन धनुषा र महोत्तरीका मालपोत कार्यालय, नापी कार्यालय तथा गुठी संस्थानलाई भनेको छ ।मधेस प्रदेश सरकारका लागि भौतिक संरचना निर्माण गर्न गठन गरिएको अध्ययन र व्यवस्थापन समितिले प्रदेशको राजधानीको चार किल्लाभित्र पाँच बिघाभन्दा बढी क्षेत्रफलका सार्वजनिक जग्गाहरूको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ

विदेशमा नेपाली कोमामा पुग्ने कारण खोज्दै सरकार : स्वदेश ल्याएर उपचार गर्ने तयारी

काठमाडौं – सरकारले रोजगारीका लागि विदेश गएका कामदार कोमामा पुग्ने कारण अध्ययनका लागि विज्ञ टोली गठन गर्ने भएको छ ।  विभिन्न देशका अस्पतालमा कोमामा उपचार गराइरहेका नेपालीको तथ्याङ्क संकलन भैरहेको र के कारणले नेपाली कामदार कोमामा जाने अवस्था आयो भन्ने विषयमा अध्ययन गर्न विशेषज्ञ टोली गठन गर्न लागिएको हो ।&nb...