बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने २९ वर्ष