काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासचिव ४ लाख घुससहित पक्राउ परेका छन् । अख्यिायार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सचिव (अधिकृत छैठौं तह) भरत कुमार पोखरेललाई पक्राउ गरेको हो ।
पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।