चिसापानी : शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानी भ्रमण काठमाडौंबाट नजिकको गन्तव्य हो । सुन्दरीजलबाट केही घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ । यात्राका क्रममा तपाईंले ठाउँ–ठाउँमा पानीका मुहान र खोला देख्नुहुन्छ । कहिलेकाहीँ जंगली जनावर...
काठमाडौंबाट नजिक र घुम्नका लागि उपयुक्त हिलस्टेसनमध्येको एक नगरकोट हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट काठमाडौंबाट २८ किलोमिटर उत्तरपूर्वमा र भक्तपुर दरबार स्क्वायरबाट १२.५ किलोमिटर टाढा छ । नगरकोट समुद्री सतहबाट दुई हजार...
उत्तरी छिमेकी चीनको तिब्बत र नेपालको सीमानामै रहेको विश्वको छैटौं अग्लो हिमाल चोओयु आरोहणको लागि नेपालतर्फबाट आरोहण मार्ग खोल्ने नेपाली आरोहीहरूको सपना यस पटकलाई असफलतामा टुङ्गिएको छ । दुई भिन्न टोलीमा रहेका डेढ दर्जन प्रख्यात आरोहीहरूको ८ हजार १८८ मिटरमा रहेको शिखर चुम्ने अथक प्रयास अनपेक्षित र निरन्तरको हावाहुरीले गर्दा त्याग्नु परेको छ । पहिलो प्रयासमा ७ हजार ६०० मिटर र लगत्तैको दोस्र्रो प्रयासमा ७ हजार ९०० मिटरसम्म उक्लेका उनीहरूले आफ्नो प्रयासलाई निकट भविष्यमै आरोहण सिजनमा पुन: निरन्तरता दिने बताएका छन् ।
चोओयु हिमालमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ । यसबाट साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुनेछ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको पश्चिमतर्फ करीब २६ किलोमिटरको दूरीमा सोलुखुम्बुको गोक्यो उपत्यकाको शिरमा रहेको चोओयु हिमशिखर संसारका १४ वटा ८ हजार मिटर माथिका हिमालमध्ये सगरमाथा पछि आरोहीहरूले सबैभन्दा बढी रुचाएको हिमाल हो । हालसम्म तीन हजारभन्दा बढीले सफल आरोहण गरेको भएता पनि ती सबै आरोहण गतिविधि चीनको तिब्बत तर्फबाट भएका हुन् ।
दुई देशको सिमानामा पर्ने हुँदा चोओयुमा आरोहण अभियान सञ्चालनको लागि नेपालको पनि उत्तिकै हक लाग्छ । तर, पनि तिब्बततर्फ (उत्तरी मोहोडा) को भन्दा नेपाल तर्फको आरोहण मार्ग कठिन रहेको आरोहीहरूको भनाइ छ । यसपटकको आरोहणमा संलग्न आरोही गाइड गेसमान तामाङका अनुसार अन्तिम तेस्रो शिविर समेत तयार गरी त्यहाँबाट शिखरतर्फ जाँदा लामो धार (रिज) पार गर्न अनुमान गरिएको भन्दा लामो समय लाग्ने र त्यति उच्च स्थानमा घण्टौं टेक्निकल आरोहण गर्दा आरोहीको ज्यानमा खतरा हुन सक्ने तथ्य पत्ता लाग्नुले पनि पहिलेदेखि गरिँदै आएको अनुमानलाई सही देखाएको छ । आरोहण मार्ग कठिन नै भए पनि पर्वतारोहण जस्तो साहसिक पर्यटकीय गतिविधिका पारखीहरूको पर्वतारोहण क्षेत्रमा नौलो प्रयोग गर्ने शैली र रहरका कारण पोख्त आरोहीहरूको लागि नेपालतर्फबाट पनि चोओयु आरोहण मार्ग खोलिनु उपयुक्त देखिन्छ । चोओयु हिमाल आरोहणको लागि नेपालतर्फ कठिन मार्ग छ । त्यसमा पनि आरोहणको लागि थप कठिन मानिने हिउँद ऋतुमा आरोहण गर्ने ध्येय लिइएको छ । यस्तो ऐतिहासिक आरोहण अभियानमा विख्यात आरोही निर्मल पुर्जासहित विश्वको दोस्र्रो हिमाल केटुको ऐतिहासिक प्रथम हिउँदे आरोहण (जनवरी १६, २०२१) का सदस्य गेल्जे शेर्पाको नेतृत्वमा पुर्जाकै प्रोजेक्ट पोसिबल अन्तर्गत १४ उच्च शिखर आरोहण अभियानका गाइडहरू गेसमान तामाङ र लाक्पा देण्डी शेर्पा सहितको १० जनाको पहिलो टोली थियो । त्यस्तै अर्का प्रख्यात आरोही मिङमा दोर्ची शेर्पाको नेतृत्वमा ८ जनाको अर्को टोली पनि रहेको थियो । उनीहरू आरोहण अभियानको लागि गत जनवरी अन्तिम हप्ता काठमाडौंबाट त्यसतर्फ लागेका थिए । पहिलो टोलीले दक्षिण—पूर्वी मोहोडा (गोक्यो उपत्यका) र दोस्रो टोलीले दक्षिण पश्चिमी मोहोडा (नाङपाला भञ्ज्याङतर्फ) बाट आरोहण मार्ग खोल्दै शिखर चुम्ने लक्ष्य लिएका थिए ।
हावाहुरीको चुनौती र उनीहरूको आरोहण अनुमतिको अवधि हिउँद ऋतु (फेब्रुअरी अन्तिम) सम्म मात्र मान्य रहेकाले गत २८ फेब्रुअरीमा आरोहण अभियान त्यागिएको हो ।
साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको पर्वतारोहणको लागि नेपाल विश्वमै अग्रणी छ । चोओयु जस्तै अन्य ८ हजार मिटरमाथिका हिमाल आरोहणका लागि नेपाल सरकारले आरोहण अनुमति प्रदान गरेबापत उल्लेख्य राजस्व असुल्ने गर्दछ । कोभिड महामारीकै बीच गत वर्ष सन् २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न आउने स्वदेशी तथा विदेशी आरोहीहरूबाट नेपाल सरकारले ७० करोड भन्दा बढी राजस्व संकलन गरेको तथ्याङ्क रहेको छ । आठ हजार मिटरमाथिका विश्वका १४ मध्ये नेपालमा पर्ने ८ शिखरहरूमध्ये पनि सगरमाथा र चोओयु दुई देशको सिमानामा पर्ने हुँदा चीनतर्फबाट पनि आरोहण अनुमति जारी हुन्छ ।
चोओयु हिमालमा भने अहिलेसम्म नेपाल तर्फबाट आरोहण मार्ग खुल्न र सफल आरोहण हुन नसकेकाले चीनतर्फबाट मात्र आरोहण हुने गरेको छ । हिमाल आरोहण अनुमतिबाट सरकारलाई राजस्वको रुपमा आम्दानी मात्र प्राप्त हुँदैन । आरोही—गाइड, संलग्न अन्य कामदार, स्थानीय समुदाय र ट्रेकिङ तथा पर्वतारोहण कम्पनीहरूलाई रोजगारी र आर्थिक कारोबारको ठूलो अवसर पनि दिने गर्दछ । सगरमाथा आरोहणका लागि प्रतिविदेशी आरोही खर्च कम्तीमा ३५ लाख रहेको छ भने ८ हजार मिटर माथिका अरू हिमालमा आउने आरोहीको खर्च २५ लाखभन्दा बढी हुने गर्दछ । आरोहण सञ्चालक एजेन्सीलाई एकमुष्ट बुझाउने उक्त रकम बाहेक व्यक्तिगत रूपमा पनि आरोहीहरूले थप खर्च गर्दछन् । आरोहणमा संलग्न गाइड तथा अन्य स्टाफले सगरमाथाको लागि ६० दिन र अन्य ८ हजार मिटरमाथिको हिमालको लागि ४० दिन कम्तीमा रोजगारीको अवसर पाउँछन् । हिमाल आरोहणमा आउने पर्यटक भनेका गुणस्तरीय हुन्छन् अर्थात् उनीहरू खर्चालु हुन्छन् । त्यसैले हिमाल आरोहणका नयाँ नयाँ गन्तव्य खुलाउनु उपयुक्त हुन्छ ।
यस्तो नयाँ गन्तव्य मध्ये चोओयु हिमाल पनि एक हो । यसमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा उक्त हिमालमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ । यसबाट सरकारको राजस्वमा वृद्धि हुनुका साथै साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुन्छ । यसले पर्वतारोहणको इतिहासमा नयाँ आयाम पनि थप्नेछ । यसर्थ चोओयु हिमालमा नेपालतर्फबाट बाटो खोल्ने अभियानमा नेपाली आरोहीहरूबाट देखाइएको तदारुकतालाई सरकारले पनि यथेष्ट सहयोग र चासो दिनु जरुरी देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोकमा पर्ने ‘गजराम थुम्का’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बिहान घाम लाग्दै गर्दा होस् या गोधुली साँझमा मनै लोभ्याउने सुन्दर, शान्त र रमणीय बस्ती ढुङखर्कको ‘गजराम थुम्का’ पुग्ने जो कोही मन्त्रमुग्ध हुन्छन् । काठमाडौंबाट ४५ किमी दूरीमा रहेको महाभारत पर्वत आसपास फैलिएको बेथानचोक विविधताले भरिएको ठाउँ हो ।
काभ्रेपलाञ्चेकको बेथानचोक गाउँपालिकाको पर्यटकीय गन्तव्य बेथानचोक नारायणस्थान डाँडापछिको अर्काे महŒवपूर्ण गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चर्चामा रहेको बेथानचोक नारायणस्थानबाट उत्तर–पूर्वमा रहेकोे अर्काे अग्लो स्थान गजराम थुम्का झण्डागाडे, चुलीडाँडा नामले चिनिन्छ । बेथानचोक नारायणस्थानसँग तुलना गर्न मिल्ने सो स्थान सुन्दर फराकिलो र थली परेको भू–भाग छ, जुन राजधानीबाट नजिक पर्ने पर्यटकीय गन्तव्य हो ।
समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रको पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना छ । बेथानचोक गाउँपालिका–३ मा रहेको गजराम थुम्काडाँडासम्म पुग्न बाटो मर्मत र गजराम थुम्काको भिरालो जमिन सम्याएर टेन्ट राखेर पर्यटक बस्न मिल्ने बनेपछि पर्यटन प्रवद्र्धनमा टेवा पुगेको स्थानीय बासिन्दा बताउँछन् ।
स्थानीय बासिन्दा कमलप्रसाद नेपालले बेथानचोक ढुङखर्क क्षेत्रमा रहेको बेथानचोक नारायणस्थान र गजराम थुम्काको प्रचारका लागि निरन्तर लागिरहेको बताए । माउण्ट महाभारत घरबास एण्ड इको अग्र्यानिक फार्म बेथानचोकका सञ्चालकसमेत रहेका उनले गाउँपालिकाले विनियोजन गरेको एक लाख बजेटबाट राष्ट्रिय झण्डा निर्माणदेखि ठाउँ सम्याउने र बाटो मर्मत गरेपछि सो ठाउँमा पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुगेको बताए ।
महाभारत पर्वत शृंखलाको सबैभन्दा अग्लो स्थान भएकाले पनि पछिल्लो समय सो स्थान उत्कृष्ट दृश्यावलोकनको केन्द्र बनेको छ । यतिमात्रै नभएर प्रायः सदाबहार हरियाली रहने त्यहाँका जंगलले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । विभिन्न मौसम अनुसार जंगल नै ढकमक्क लालीगुराँसलगायत अन्य प्राकृतिक फूलले थप सुन्दरता प्रदान गरिरहनु सो ठाउँको अर्को विशेषता हो ।
बँदेल, मृग, घोरलजस्ता वन्यजन्तु, मुनाललगायत चराचुरुंगी अवलोकनका लागि पनि सो स्थान उपयुक्त रहेको पर्यटन व्यवसायी नेपालको भनाइ छ । साथै विभिन्न जडीबुटी, महाभारत क्षेत्रमा पहाडसँगै रहेका ठूला–ठूला चट्टान र त्यसबीचमा रहेको प्राकृतिक गुफा अन्वेषणका केन्द्र बनाउन सकिने सम्भावना बोकेको उनको भनाइ छ ।
पर्यटन मन्त्रालयबाट समेत बेथानचोक सामुदायिक वनको पर्यापर्यटन गुरुयोजना समेत सम्पन्न भइसकेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठले बताए । ‘नारायणस्थान डाँडामा घेराबारको काम शुरू हुँदै छ भने गजराम थुम्कामा जाने सिँढी निर्माण भइरहेको छ,’ उनले भने, ‘दुवै ठाउँको पर्यटन प्रवद्र्धनका लागि बजेट व्यवस्थापन भइसकेको छ ।’ त्यससँगै सो क्षेत्रमा ठूलो बुद्धको प्रतिमा राख्ने कामका लागि बजेट व्यवस्था गरिसकेको वडाध्यक्ष श्रेष्ठले बताए ।
पर्यटनजस्तै कृषि क्षेत्रको पनि प्रचुर सम्भावना बोकेको बेथानचोक विशेष खाद्य परिकारमा हिमाली चामलको भात, सेराना प्रजातिको माहुरीको मह, अल्लो सिस्नो, खुवालगायत दुग्धजन्य परिकार, लोकल मकैको ढिँडो, मौसमअनुसार फल्ने ऐंसेलु, काफललगायत विभिन्न प्रकारका प्राकृतिक फलको स्वाद लिन पाइने बेथानचोकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले पहल गर्नुपर्ने स्थानीय बासिन्दा बताउँछन् । बेथानचोकका ती दुई ठाउँमात्रै नभई कामीडाँडा, च्याल्टिडाँडा, थलिडाँडा, महाँकालडाँडा, ठूलाचौर, चोरण्डे आले, अर्खौले, डाँडागाउँ, पार्थली, गुम्बुडाँडालगायत फरक–फरक स्थानबाट रमणीय दृश्यावलोकन गर्न सकिन्छ । रासस
विगत केही वर्षदेखि फस्टाउँदै आएको आन्तरिक पर्यटन अहिले कोरोना माहामारीका कारण झन आवश्यक बनेको छ । नेपालीहरु आफैँ जागरुक भएर आफ्नो देश नघुमेसम्म विदेशीहरु तत्काल आइहाल्ने सम्भावना छैन । त्यसैले पनि नेपालीहरु आफ्नो देश घुम्न आवश्यक छ । पर्यटन बजारलाई चलायमान बनाउन विभिन्न एयरलाइन्स कम्पनीसहित ट्राभल कम्पनीहरुले आन्तरिक घुमफिरका ‘प्याकेज’ बनाएका छन् । दशैँ तिहार जस्ता चाडको समयमा परिवारसहित मानिसहरु घुम्न निस्कने आशा गरिएको छ । घुमफिरका लागि अहिलेको मौसम उपयुक्त मानिन्छ । यद्यपी, यसवर्ष मनसुन अझै सक्रिय नै छ । तैपनि मनसुनसँगै आनन्द मानेर घुम्ने नेपालीका लागि अहिलेको समय अनुकुल नै हो भन्न सकिन्छ । १) नगरकोटमूलुकको संघिय राजधानी काठमाडौंबाट जम्मा ३२ किलोमिटरको दूरीमा रहेको ठाउँ हो नगरकोट । पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर मानिने र विदेशी पर्यटकको रोजाईमा पर्ने यो गन्तव्य सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । लाङटाङ हिमशृंखलासहित सगरमाथासमेत देख्न सकिने यो ठाउँ बिहान गएर बेलुका फर्किन सकिन्छ । रातमा उतै बास बसेर भोलिपल्टको सूर्योदय हेर्छु भन्नेहरुका लागि बासस्थानको उपर्युक्त व्यवस्थासमेत छ । काठमाडौं कोटेश्वरबाट भक्तपुरको कमलविनायक हुँदै २ घण्टा सार्वजनिक बसमा यात्रा गरेपछि नगरकोट पुग्न सकिन्छ । निजी सवारीमा पनि निर्धक्क पुग्न सकिने छोटो गन्तव्य हो नगरकोट ।२) दामन/इन्द्रसरोबरमकवानपुरमा पर्ने दामन काठमाडौँबाट नजिकको हिउँ खेल्ने गन्तव्य हो । हिँउद याममा हिउँ खेल्नका लागि मानिसहरु बाक्लै पुग्ने यो ठाउँमा अहिले सामान्य अवस्थामा रहेको गर्मी छल्न पनि मानिसहरु पुग्ने गर्दछन् । सफासँग मौसम खुल्दा दामनबाट ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल देख्न सकिन्छ ।मकवानपूरकै कुलेखानीमा मानवनिर्मित इन्द्रसरोबार ताल मूलुककै पृथक पर्यटकीय गन्तव्य हो । चन्द्रागिरी पर्वतको काँखैमा अवस्थिति यो तालमा डुंगा सयरको पनि प्रवन्ध छ । काठमाडौँबाट यति नजिकै तालमा डुंगा सयर गर्न पाउने व्यवस्था अन्यत्र छैन ।निजी सवारी लिएर प्रकृतिसँग दिन बिताएर साँझ काठमाडौँ फर्किन्छु भन्नेहरुका लागि पनि यो गन्तव्य उपर्युक्त बन्न सक्छ ।३) कालिञ्चोकदोलखाको कालिञ्चोक काठमाडौँबाट मात्रै नभई मध्य तराइबाट पनि सहजै पुग्न सकिने आन्तरिक गन्तव्य हो । सुन्दर प्रकृतिको काखमा रमाउन र हिमाली सभ्यता र संस्कृतिलाई नजिकबाट नियाल्न पाइने भएकाले आन्तरिक पर्यटकले औधी निकै रुचाउने गन्तव्य हो कालिञ्चोक ।कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसर गौरिशंकर हिमाल हातैले छुन सकिन्छ की जस्तो गरी उभिएको देख्न सकिन्छ । यसबाहेक लाङटाङ, रोलवालिङ हिमशृंखला पनि प्रष्ट देखिने हुँदा यो ठाउँ निकै मनमोहक लाग्छ । काठमाडौंबाट रामेछाप सदरमुकाम मन्थली हुँदै पनि जान सकिन्छ । यसबाहेक मुडे देउराली हुँदै पनि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक हिडेपछि कुरी बजार पुगिन्छ । एकनासका काठे घरहरुले कुरी बजारको सौन्दर्यता बढाएका छन् । कुरीबाट एक घण्टा पैदल हिँडेपछि समुद्री सतहदेखि ३८ सय ४२ मिटर उँचाइको कालिञ्चोक पुगिन्छ ।४) सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ (लुङ भनेको पहाडका टाकुरा) हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ । काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ । सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।५) पोखराहिमाल, ताल, गुफा, छाँगा छहरा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरा नेपालको पर्यटनको राजधानी मानिन्छ । विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रा, म्याग्दीको पुनहिल, मुस्ताङको प्रवेशद्वारसमेत पोखरा नै हो । तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यावासिनी मन्दिर जस्ता गन्तव्यले पोखराको सौन्दर्यलाई अझै मनमोहक बनाएका छन् । पोखराको सुन्दर उपत्यकाबाट केही उकालो लागेपछि पुगिने सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला छर्लङ्ग देख्न सकिन्छ ।पोखराबाट एक घण्टामा पुगिने धम्पुसबाट माछापुच्छ«ेको दर्शन गर्न पाइन्छ । पोखराको वर्णन लेखेर गर्न सकिँदैन, यसका लागि एकपटक घुम्न जानु नै उपर्युक्त हुन्छ ।६) मुस्ताङट्राभल गाइडबुकमध्ये विश्वकै प्रख्यात मानिने ‘लोन्ली प्लानेट’ले हरेक वर्ष मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको हुन्छ । हिन्दु र बौद्ध मार्गीहरुकोसाझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । कागबेनी, नौतले गुफा यो क्षेत्रका विशेषता हुन् । हिमाल पारीको जिल्ला भनिने मुस्ताङ निकै लोभलाग्दो प्राकृतिक संरचना भएको नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो ।७) चितवन/सौराहाजंगल सफारीका लागि चितवन निकै प्रख्यात छ । चितवन राष्ट्रिय निकुञ्जसमेत रहेको यो ठाउँमा ‘वाइल्ड लाइफ’मा रुची भएकाहरु पुग्ने गर्दछन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । सौराहा र मेघौली चितवनका प्रमुख गन्तव्य हुन् । सौराहाका होटल व्यवसायीहरुले नेपाली पर्यटकलाई लक्षित गरी छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गरेका छन् । सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ छन् ।८) इलाम/ताप्लेजुङपूर्वी नेपाल भ्रमणका लागि धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । इलामको चिया बगान, बगानको बीचमा पर्वतै पवर्तमा बनेको चिल्लो सडक अहिले चर्चामा छ । ओलाङचुङगोलादेखि पाथिभरा, विभिन्न जिल्लाको संगमस्थल तीनजुरे, ताप्लेजुङको तिम्बुङ पोखरी जस्ता मनै लोभ्याउने गन्तव्य भएका यी ठाउँहरु जति घुमे पनि घुमौ घुमौ लागिरहन्छ ।कञ्चनजंघा र कूम्भकर्ण हिमालको दृश्यावलोकन, पाथिभरा माताको दर्शन, पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा पक्कै अविश्मरणीय हुनेछ ।९) राराघुमफिरमा रुची भएकाहरुले जीवनकालमा एकपटक पुग्छु भनेर सोच्ने गन्तव्य हो मुगुको हुटुस्थित रारा ताल । समुद्री सतहबाट २९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेर्ने गर्छ । राराभन्दा करिब ११ सय मिटरमाथिको उचाईमा रहेको मुर्मा टपबाट राराको पूरै आकृति देखिन्छ । बाक्लो सल्लाघारी भित्र लमतन्न सुतेकी रारा देख्दा जो कोहीलाई पनि स्वर्गीय आन्नद प्राप्त हुन्छ ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्छ । समुद्र मन्थनबाट उत्पन्न कालकूट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको भनाइ पाइन्छ ।
त्रिशूली नदीको उद्गम स्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १०८ कुण्ड, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महŒवले यो क्षेत्र धनी छ । जैविक विविधताले धनी यस क्षेत्रको वन, वनस्पति , वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तामाङ तथा हेल्मो संस्कृति, वेशभूषा जानकारी पाउन सक्ने भएकाले यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । आप्mनो मौलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाच गानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसलाई पर्यटनसँग जोड्ने सामान्य प्रयास पाइन्छ । तर, त्यो पर्याप्त छैन जसले गर्दा यहाँको पर्यटकीय सम्भावनाको दोहन हुन सकको छैन ।
गोसाइँकुण्डमा पानीको आयतन १४७२००० क्युबिक मिटर रहेको छ भने भैरवकुण्डमा ४६ लाख ६० हजार क्युबिक मीटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेन्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेन्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेन्ड ७५ लिटर पानी तल झर्छ । नेपालमा जम्मा २२५ अर्ब घनमीटर अर्थात् २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी÷वनस्पति सबैका लागि महŒवपूर्ण देखिन्छ ।
गोसाइँकुण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेका वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमृत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । प्रमुख जङ्गली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छन् । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन, पर्यटकीय दृष्टिले पनि उत्तम हिमाली क्षेत्र हो । गोसाइँकुण्डमा पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट ११७ किमी झन्डै ६ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा वास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीविनायक र अर्को दिन त गोसाइँकुण्ड पुग्न सकिन्छ ।
काठमाडौंबाट मेलम्ची पुल, तारामाराङ हुँदै ६ घण्टा पैदल हिँडेर कुटुमसाङ पुगिन्छ । त्यहाँबाट मागिनगोठ, ठाडे पाटी, ठूलो घोप्टे, फेदी ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
बौद्ध सुन्दरीजल हुँदै चिसोपानी, पाटी भञ्ज्याङ, चिपलिङ, गुल्फु भञ्ज्याङ, कुटुमसाङ पुगिन्छ र त्यहाँबाट मागिनगोठ, ठाडेपाटी, ठूलो घोप्टे, फेदी, ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कही पनि मुग्ध हुनु स्वाभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साच्चै नै परम्परा बचाएको पाइन्छ । आप्mनो मौलिक जातीय पहिचानको रसास्वादन गर्न सकिन्छ । यस गोसाइँकुण्ड क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्य पान गर्दै धार्मिक यात्रामा जाने नेपालीहरू प्रशस्त छन् । यहाँ पर्यटकीय विकासका लागि विभिन्न प्रकारका कार्यक्रम नेपाल सरकारले ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ ।
काठमाडौं उपत्यकाको नजिक भएकाले पनि यहाँ धार्मिक पर्यटक प्रशस्त पुग्ने गरेका छन् । हेलिकोप्टरबाट पनि यहाँ पुग्नेको संख्या प्रशस्त छ । नेपालको पर्यटनमा पदयात्राको भूमिका बढी छ । पदयात्राका लागि यो उत्कृष्ट गन्तव्य हो । तर, पदयात्राका लागि उपयुक्त मार्गमा सडक बन्दै गएकाले यसको यात्रा छोटिएको छ । हिमाली प्रकृतिमा गरिने पदयात्रा अविस्मरणीय हुन्छ । खासगरी बाह्य पर्यटक यसमा निकै रमाएको पाइन्छ । विगतको दाँजोमा निकै पूर्वाधार बनेका छन् । तर, ती पूर्वाधार बनाउँदा यहाँको प्रकृति र जनजीवनमा कुनै असर नपार्ने गरी काम गर्नुपर्छ ।
नेपालका पर्यटकीय क्षेत्रहरू धार्मिक क्षेत्र र त्यसका आसपास रहेका पाइन्छन् । त्यसैले धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वास्तवमा नेपालका प्रत्येक क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकिन्छ । तर, त्यसका लागि लगानी धेरे चाहिन्छ । गोसाइँकुण्ड धार्मिक महत्त्वको भए पनि प्राकृतिक दृष्टिकोणले पनि उत्तिकै महŒव छ । पर्यटनलाई धर्मसँग जोडेर लाने हो भने पनि पर्यटन व्यवसाय आकर्षक बन्न सक्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासका लागि प्रयास हुँदै गर्दा पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ ।
कोभिड–१९ महामारीका कारण प्रतिकूल असर परेको छ । यस अवस्थामा स्वास्थ्य मापदण्ड पालन गर्न अति आवश्यक छ । अवस्था साधारण भएपछि धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । उक्त सफलताका लागि हाम्रो देशमा रहेका हजारौं जलाशय तथा कुण्ड र त्यससम्बन्धी संस्कृतिलाई स्थानीय सरकारले आवश्यक व्यवस्थापन गरी आर्थिक गतिविधि बढाउनु आजको आवश्यकता हो ।
लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।