काठमाडौँ- १९ मा पुनर्निर्माण गरियो सामुदायिक भवन

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१९ स्थित इन्द्रसभा सामुदायिक भवन पुनर्निर्माण २० लाख रुपैयाँ लागतमा सम्पन्न भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत उक्त भवन पुनर्निर्माण गरिएको हो। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले भवन उद्घाटन गर्दै मुलुकको विकास र निर्माणमा स्थानीय पूर्वाधार विकास साझेदारी […]

सम्बन्धित सामग्री

आठ वर्षपछि पुनर्निर्माण सम्पन्न गरिँदै

वि.सं. २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले ठूलो जनधनको क्षति पु-याएको सिन्धुपाल्चोकमा आठ वर्षपछि पुनर्निर्माण सम्पन्न हुँदै छ। भूकम्पबाट पीडित भएका लाभग्राहीमध्ये ९५ प्रतिशतले सरकारी अनुदान लिएर घर बनाइसकेका छन्। भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लामध्ये सबभन्दा धेरै भौतिक र मानवीय क्षति सिन्धुपाल्चोकमा भएको थियो । यहाँ तीन हजार ५७१ जनाले ज्यान गुमाएका थिए भने ८० हजार निजी आवास पूर्ण रूपमा क्षति भएको थियो। यहाँ ५४७ विद्यालय, ७५ वटा स्वास्थ्य चौकी भवनलगायत सरकारी तथा सामुदायिक भवन क्षति भएको थियो।

पुनर्निर्माण गरिएका घर समुदायमा हस्तान्तरण,नयाँ घर पाएपछि स्थानीय खुशी

दुई वर्षअघि आएको भूकम्पले भत्किएर पुनर्निर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ। राइनास–९, मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन गरी १६ वटा भवन राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठको आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको हो। घर भत्किएर बिचल्लीमा परेकाहरू नयाँ घर पाएपछि खुशी भएका छन्…