वि.सं. २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले ठूलो जनधनको क्षति पु-याएको सिन्धुपाल्चोकमा आठ वर्षपछि पुनर्निर्माण सम्पन्न हुँदै छ। भूकम्पबाट पीडित भएका लाभग्राहीमध्ये ९५ प्रतिशतले सरकारी अनुदान लिएर घर बनाइसकेका छन्। भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लामध्ये सबभन्दा धेरै भौतिक र मानवीय क्षति सिन्धुपाल्चोकमा भएको थियो । यहाँ तीन हजार ५७१ जनाले ज्यान गुमाएका थिए भने ८० हजार निजी आवास पूर्ण रूपमा क्षति भएको थियो। यहाँ ५४७ विद्यालय, ७५ वटा स्वास्थ्य चौकी भवनलगायत सरकारी तथा सामुदायिक भवन क्षति भएको थियो।