व्यवस्थापिका संसदको बैठक आज १ बजे बस्ने भएको छ । संसद सचिवालय नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न १२ संभावित विधेयक प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा विधेयक, संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र कानून , न्याय तथा संसदीय मामिला…