नेपाल टेलिकमले चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले आम्दानी ०.८ प्रतिशतले बढाएको हो ।कम्पनीको कुल सञ्चालन आय भने घटेको छ । गत आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ कुल आय गरेको टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँ कुल आय गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको कुल आय ६९ करोड ७७ लाख रुपैयाँ (७.१४ प्रतिशत) ले कमी आएको हो ।कम्पनीको खु