बाढी र पहिरोमा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता

काठमाडौं– पछिल्लो चौबीस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो […]

सम्बन्धित सामग्री

क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन्। आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ। त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ। आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको […]

सुदूरपश्चिममा बाढी पहिरोः १८ को मृत्यु, ६ जना बेपत्ता

अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइ...

बाढी-पहिरोमा परी देशभर १७ जनाको मृत्यु

काठमाडौं : आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभरमा १७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी बुधबार बिहानसम्म १७ जनाको मृत्यु भएको हो।मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलका अनुसार धनकुटा र हुम्लामा ६/६, पाँचथरमा तीन र इलाम दुईजनाको बाढी-पहिरोमा परी मृत्यु भएको छ। बाढीले बढी क्षति सुदूरपश्चिम प्रदेशमा गरे पनि टेलिफोन र मोबाइल फोन सेवा अवरुद्ध हुँदा यकिन विवरण प्राप्त हुन नसकेको पोखरेलले बताए। प्राप्त विवरण भन्दा पनि बढीको पहिरो र बाढिका कार

मनसुनजन्य विपद्मा परी १७ जनाको मृत्यु

काठमाडौं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, चार महिला, दुई बालक र एक बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका तीन, डोटीका तीन, सप्तरी, काभ्रे, गोरखा,...

एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। बाढी, पहिरो र डुबानमा परी २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्।