सिरहा र धनुषा जोड्ने देशकै लामो झोलुंगे पुल सञ्चालनमा

१२ फागुन, जनकपुरधाम । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी  निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ […]

सम्बन्धित सामग्री

झोलुंगे पुल उद्घाटन गर्न प्रधानमन्त्री हेलिकोप्टरबाट जनकपुर आउँदै

जनकपुरधाम । धनुषा-सिरहा जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुलको उद्घाटन र अर्काे पक्की पुलको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेका छन् । आज विहान ११:३० बजे प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम आउन लागेका हुन् । उनी आएलगत्तै हुलाकी सडकको निरीक्षण गर्दै जनकनन्दनी गाउँपालिका पुग्ने कार्यक्रम छ । धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठाल […]

कमला नदीको झोलुंगे पुलमा आवतजावत खुला

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुंगे पुलको निर्माण सम्पन्न भएसँगै आवतजावतका लागि खुला गरिएको छ । पुल संघीय सरकारको २८ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । सिरहाको सिरहा नगरपालिका–१३ मलहनिया र धनुषाको जनक नन्दिनी गाउँपालिका–६ कठाललाई जोड्ने उक्त झोलुंगे पुल १ हजार ५ सय १ मिटर लामो र चार फिट चौडाई रहेको बताइएको छ । निर्माण कम्पनी थानी निर्माण सेवा काठमाडौंका इन्जिनियर विनोद कुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुगें पुल देशकै सबैभन्दा लामो भएको दाबी गरे । २०७९ असोज १ गते ठेक्का सम्झौता भएर निर्माण शुरू भएको पुलको ठेक्का अवधि आगामी असार मसान्तसम्म भएपनि ६ महीना अगावै निर्माण सम्पन्न भएको हो । पुल सञ्चालनमा आएसँगै जनकपुरधाम–सिरहा आवतजावतमा स्थानीयले भोग्दै आएको समस्या हटेको स्थानीय सन्तोष यादवको भनाइ छ । पुलबाट दैनिक करीब ४ हजार जना ओहोरदोहोर गर्दै आएको उनको भनाइ छ । पुल नहुँदा सिरहाबाट ३५ किलोमिटरको दुरीमा रहेको जनकपुरधाम पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर पुग्नु पर्ने बाध्यता थियो ।  हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको कमला पुल उद्घाटनअघि नै भत्किएपछि आवतजावतमासमस्या भएको बेला झोलुंगे पुलको निर्माणले स्थानीयलाई राहात मिलेको स्थानीय धर्मेन्द्र शर्माको भनाइ छ ।

कमला नदीको झोलुंगे पुलमा आवतजावत खुला

सिरहा र धनुषा जोड्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावतका लागि खुला गरिएको छ।  कमला नदीसँगै जोडिएको सिरहा नगरपालिका १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने...