सिरहा र धनुषा जोड्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावतका लागि खुला गरिएको छ।
कमला नदीसँगै जोडिएको सिरहा नगरपालिका १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने...
दाङ – राजपुर गाउँपालिका- ७ मा झोलुंगे पुल सञ्चालनमा आएको छ। ताली सुनपत्री दोभानमा झोलुङ्गे पुल सञ्चालनमा आएको हो। सुनपत्री खोलामा झोलुङ्गे पुल बनेपछि आवतजावत गर्न सजिलो भएको स्थानीय उपभोक्ता राजन वलीले जानकारी दिए।’वर्षामा आउन जान मुस्किल थियो। अब सजिलो हुने भयो।’ उनले भने,’साना बालबालिकादेखि बृद्ध बुवा आमालाई खोला तर्न सजिलो भयो।’ ४८ लाख ४३ […]
बझाङ । बझाङमा गत वर्ष बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयलाई सेती नदीमा आवतजावत गर्न समस्या भएको छ । १५ वर्षअघि निर्माण भएको झोलुंगे पुल गत वर्ष बाढीले बगाएपछि थलारा गाउँपालिका-१ र २ का सबै गाउँहरु तथा डोटी जिल्लाका वासीन्दा समेत समस्यामा परेका हुन् । झोलुंगे पुल बगाएपछि स्थानीय उत्पादन तथा दैनिक उपभोग्य वस्तु किनबेच गर्न […]
महेन्द्रनगर । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुंगे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीमाथिको झोलुंगे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।
तीन वर्षअघि उक्त नदीमा झोलुंगे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न गाह्रो भएको छ ।...
इलाम । इलामको दक्षिणी क्षेत्र माई नगरपालिका–६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ । आठ सय २० मिटर लामो झोलुंगे पुलको निर्माण सम्पन्न भएको हो । नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुंगे पुल रहेको बताइएको छ । पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ । झोलुंगे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको छ । यसअघि महाकालीको दोधारा–चाँदनी जोड्ने एक हजार ४५२ मिटर लामो पुल बनेको थियो ।
स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रीज डिभिजनका इञ्जिनीयर उपेन्द्र देवकोटाले त्रिवेणी सुस्तामा एक हजार ५७२ मिटर लामो झोलुंगे पुल निर्माण हुने जानकारी दिए । यस्तै सिन्धुलीमा कमलामाईमा समेत यस्तै पुलको डिजाइन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आठ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो ।
निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरिएको देवकोटाले जानकारी दिए । सात पिलरसहित निर्माण गरिएको यो झोलुंगे पुलमा चार टावर रहेका छन् । माई खोलामा पुल निर्माण भएपछि माई–१ को घण्टेदेखि देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । रासस
बझाङ । बझाङको थलारा गाउँपालिका–१ का ५० वर्षीय दत्त गिरी गत मङ्सिर ३ गतेसम्म घर नजिकैको झोलुंगे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज बजार पुर्याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउँथे । उनी मात्र होइन, थलारा गाउँपालिका साविकको दंगाजी गाविस–१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुंगे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरू समस्यामा परेका हुन् ।
रेगम र देउरा बजार जोड्ने सो झोलुंगे पुल बगाएपछि थलारा गाउँपालिका–१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पुर्याउन कठिन भइरहेको बताइएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए । त्यही काठे पुल पनि जोखिममा रहेको छ ।
उक्त पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ । अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीकोे माग छ ।
जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन् । झोलुंगे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउन थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ । साथै गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ९ र ११ का बासिन्दालाई आवतजावत गर्नमा सहजता प्रदान गर्नका लागि सनवोरा नदी माथि बनाइको झोलुंगे पुल । पुल निर्माण भएपछि दुई वडाका बासिन्दालाई आवतजावत गर्न निकै सहज भएको छ । तस्वीर : रासस
चौतारा – अविरल वर्षासँगै आएको बाढीले दुई झोलुंगे पुल बगाउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बाका चार गाउँ नाकाबन्दीमा परेका छन्। अति विकटमा पर्ने गुम्बाको नेसमखोलाको झोलुंगे पुल बगाउँदा तेम्बाथाङ, दीपु, निमाडोल्मा र साघुलिङसहित चार गाउँका दुई सयभन्दा बढी बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका हुन्। तेम्बाथाङ र गुम्बागाउँ जोड्ने नेसमखोलाको झोलुंगेपुल यही असार १ गतेको बाढीले बगाएको […]
मनाङ । मर्स्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुंगे पुल बगाएको छ । झोलुंगे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत अवरुद्ध भएको छ ।
बाढीपहिरोले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पु¥याएको भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ,’ लामिछानेले भने, ‘निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ, बाढीपहिराले बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन् ।’
माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एकमात्र पुल बाढीले बगाएपछि स्थानीयको सम्पर्क तथा आवतजावत टुटेको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले बताए । पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ–१ का वडा सचिव पशुपति अधिकारीले जानकारी दिए । जोखिममा परेको ती घरपरिवारलाइै माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उनले बताए । रासस
नदीमा पानीको बहाव बढेपछि कर्णाली नदीमा रहेका झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । अहिले पुलमाथि नै पानी आइपुग्ने र पुलको छेउमा नदीले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानीय प्रेम महतले बताए ।
साउन २२ । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको...