महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

सम्बन्धित सामग्री

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

नेष्डो समृद्ध लघुवित्तको ७३.६८ प्रतिशत लाभांश पारित

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले सेयरधनीलाई ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र […]

प्रभु बैंकद्धारा लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं, मंसिर २ । प्रभु बैंक लिमिटेडले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी […]

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

फागुन २९, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको फागुन २९ गते ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

महिला लघुवित्तद्वारा ५० प्रतिशत लाभांश घोषणा

महिला लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजी १० करोडको ४५ प्रतिशत अर्थात ४ करोड […]

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने

महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीहरुलाई अधिकतम ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यद्यपि, प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । लघुवित्तले गत वर्षमात्रै आईपीओ जारी गरेको हो । आईपीओपछि पहिलोपटक लघुवित्तले लाभांश घोषणा

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

महिला लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

सबैको लघुवित्तद्वारा ३२.६८ % लाभांश घोषणा

असोज २०, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ ।  कम्पनीले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।   उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

कामना सेवा बैंकद्वारा १९.४७ % लाभांश घोषणा

असोज ८, काठमाडौं । कामना सेवा बैंक लिमिटेडले  गत वर्षको सञ्चित नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/ ७८ को सञ्चित नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले यस वर्ष १८ दशमलव ५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य  दशमलव ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  हाल कम्पनीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ रुपैयाँ चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा  कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।