आन्तरिक राजश्व विभागको महानिर्देशक पदमा रहेका बेला चूडामणि शर्मा ढकालले भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख २० हजार ३ सय रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले भने उनलाई ५० लाख रुपैयाँ मात्र धरौटीमा रिहा गरेको छ।
विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले असोज ११ गते उक्त आदेश गरेको हो ।
'प्रतिवादीले कर फर्छ्यौट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताहरूको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणहरू...