स्रोतका अनुसार डा अधिकारीको चाहना काउन्सिलको सदस्यमा मनोनित हुने छ। 'सरकारले सदस्य पदमा मनोनित गर्छु भनेर ढुक्क बनायो भने उनी तत्कालै पद छाड्न तयार छन्,' स्रोतले भन्यो, 'उनले अहिले पदको बार्गेनिङ गर्न नचाहिँदो बखेडा निकालेका हुन्। तर सरकारले उनीसँग किन बार्गेनिङ गर्ने। मन्त्रिपरिषदको निर्णयमा ४ वर्षको भनेर प्रष्ट लेखिएको छ। बरु कार्यकाल सकिँदा पनि गैरकानुनी रुपमा काम गरेको भनेर अख्तियारले उनलाई कारबाही गर्न सक्छ।'