काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।मन्त्रीद्वय खाण र कोइराराले आज बिहान प्रचण्डलाई भेटेका हुन्। प्रचण्ड निवास खुमलटार पुगेर उनीहरुले समसामयिक विषयमा कुराकानी गरेका बताइएको छ।भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको