भूकम्पले जाजरकोट र रुकुम पश्चितमा १ सय ५७ भन्दा बढीको मृत्यु भएको छ भने २ सयभन्दा घाइते भएका छन् । लाखौंको भौतिक संरचना ध्वस्त भएको छ । भूकम्पले क्षतविक्षत भएको मानसिक तथा भौतिक व्यवस्थापन कहिले र कसरी हुने तत्कालै भन्न सकिने अवस्था छैन । विद्यालयहरूको क्षतिले ५० हजारभन्दा बढी विद्यार्थीहरूको पठनपाठनमा अवरोध सिर्जना हुने अवस्था रहेको छ ।