तनहुँमा फूलको व्यवसायिक खेती सुरु

तनहुँ- तनहुँको म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् । ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको […]

सम्बन्धित सामग्री

सयपत्री फूलको व्यवसायिक खेती

तनहुँ, १७ भदौ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् । ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका […]

डडेल्धुरामा पहिलो पटक व्यवसायिक पुष्प खेती

डडेल्धुरा । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा पुष्पखेती गरि उत्पादन निर्यात गर्न थालिएको छ । जिल्ला सदरमुकाम अमरगढी नरपालिका–२ जोगेना गाँउमा जमनि भाडामा लिई अमरगढी–१ डोला गाउँका स्थानीयले पुष्प खेती गरी उत्पादन जिल्ला बाहिर पठाउन थालेका छन । एमएससी एजी अध्ययरनरत सुरत ऐरले यस वर्ष पहिलो पटक सयपत्री फूलको खेती सुरु गरेका हुन । भारतको […] The post डडेल्धुरामा पहिलो पटक व्यवसायिक पुष्प खेती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जावलाखेलमा पुष्प मेलाको रौनक (फोटोफिचर)

काठमाडौं, ३ कार्तिक । ललितपुरको जावलाखेलमा आजबाट १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ आज (बिहीबार) देखि आगामी चार दिनसम्म फूलको प्रतियोगिता तथा प्रदर्शनी व्यापार मेला सुरू भएको हो । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा गोदावरी फूलको व्यवसायिक विस्तार तथा विकास गर्ने उद्देश्यले […]

कात्तिक ३ गतेदेखि ४ दिने गोदावरी फूल मेला हुने

फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सीताराम पन्तले बताए ।सोमबार पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीक

फूलको उत्पादन हुँदा सिमकोटमा कृत्रिम प्लास्टिक मालाको माग बढ्यो

कात्तिक १९, हुम्ला । तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ । पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो ।  तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरीद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् । बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन् । यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महँगोमा आएको छ । आर्थिक अभावका कारण सामग्री किन्नलाई समस्या भएको गाउँबाट आएका महिलाको भनाइ छ ।   कृत्रिम प्लास्टिक मालाको माग बढ्यो जिल्लामा कृत्रिम फूलमालाको माग बढेको छ । यो वर्ष तिहार केही ढिला भएका कारण मखमली र सयपत्री फूल पाइन छाडेपछि बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको हो । जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुनुका साथै उत्पादन हुने गरे पनि यो समय अभाव भएपछि प्लास्टिक, कपडाको मालामा भारी वृद्धि भएको हो । तिहारलाई लक्ष्य गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन् । सबैजसो पसल व्यवसायीले जिल्ला बाहिरबाट ल्याएका रङ्गीचङ्गी प्लास्टिकका कृत्रिम माला बेच्नका लागि राखेका छन् । पूरै सिमकोट बजार मालाले सिङ्गारिएको छ भने व्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा माला सजाएर राखेका छन् । जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन् ।  तिहारमा माला सबैभन्दा बढी विक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन् । प्रत्येक माला व्यापारीले न्यूनतम रु ५० देखि ३०० भन्दा माथिसम्म विक्री गर्ने गरेका छन् ।  यसले गर्दा सिमकोट र खार्पुनाथ गाउँपालिकासहित बजारवासी गरेर यसको लाखौँको कारोबार हुने पुष्टि गरेको छ । अहिले सबैजसो बजारमा माला किन्नेको भीडभाड बढेको छ । जिल्लामा व्यवसायिक फूलखेती नभएको जानकारी दिइएकोे छ । रासस

तिहारलाई लक्षित गरी सुर्खेतमा ‘ट्रायल’ का रुपमा फूलखेती

तिहार नजिकिएसँगै फूलको माग पनि बढ्न थालेको छ । पछिल्लो समय ठूलो शहरमा परिणत हुँदै गएको सुर्खेत उपत्यकामा पनि फूलको माग बढ्दै गएको छ । यो क्षेत्रमा व्यवसायिक रुपमा फूल खेती गर्ने गरिएको छैन ।

सयपत्री फूलको व्यवसायिक खेती

जिल्लामा पछिल्लो समय सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्ने थालिएको छ । जिल्लामा व्यावसायिक रुपमा सयपत्री फूलको खेती नहुँदा चार्डपर्व तथा जिल्लामा हुने विभिन्न कार्यक्रमका लागि जिल्ला बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता थियो । अहिले घोराही उप– महानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्ने थालिएको छ ।

तस्बिरमा गोदावरी फूलको प्रदर्शनी मेला

गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्धेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरू भएको छ।