सामुदायिक वनको २५ रोपनी जग्गा अतिक्रमण गरी भोगचनल गर्दै आएको भेटिएपछि घर भत्काएर अतिक्रमण हटाइएकोे छ । मेलौली नगरपालिका–२, श्रीकृष्ण सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काइएको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित वन र सुरक्षाकर्मीको टोलीले वन अतिक्रमण हटाएको हो । स्थानीय राम वडले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर घर बनाई २५ रोपनी जग्गा भोगचलन गर्दै आएका थिए ।
धनुषाको मिथिला नगरपालिका–११, तल्लो तुलसीस्थित सुन्दरी र मोतीखोला सामुदायिक वन क्षेत्र पुनः हराभरा भएका छन् । वन कर्मचारी र वन उपभोक्ता समूहका पदाधिकारी वन संरक्षणमा सक्रिय भएपछि ती वन पुनः हराभरा भएका हुन् । विगत १८ वर्षदेखि वन उपभोक्ता समिति निष्क्रिय हुँदा वन क्षेत्रको जग्गा अतिक्रमण र काठ चोरी तस्करी बढेर वन क्षेत्र उजाड जस्तै बनेको थियो । एक वर्षअघि मोहन सापकोटाको अध्यक्षतामा सुन्दरी सामुदायिक वन र खड्कबहादुर विश्वकर्माको अध्यक्षतामा मोतीखोला सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिका पदाधिकारी र वन कर्मचारी मिलेर वन अतिक्रमण खाली गराउने, काठ चोरी तस्करी रोक्न गस्ती गर्ने र खाली जग्गामा वृक्षरोपण गरेर वन क्षेत्र पुनः हराभरा बनाएका छन् ।
सुर्खेत । जुम्लाको सिंजा गाउँपालिका- ६ भाडगाउँमा १ हजार स्याउका बोट काटिएको छ । फल लाग्दालाग्दैका बोट काटिएपछि आलोचना भइरहेको छ । भाडगाउँस्थित सामुदायिक वन अतिक्रमण गरी रोपिएको भन्दै ती स्याउका बोट काटिएको थियो । अतिक्रमित जग्गा छोड्न पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएपछि भाडगाउँका स्थानीयले ती स्याउ बोट नष्ट गरेका थिए । स्थानीयका […]
गोलबजार– वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका-१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो। सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल […]