सुन्दरी र मोतीखोला वन क्षेत्र पुनः हराभरा

धनुषाको मिथिला नगरपालिका–११, तल्लो तुलसीस्थित सुन्दरी र मोतीखोला सामुदायिक वन क्षेत्र पुनः हराभरा भएका छन् । वन कर्मचारी र वन उपभोक्ता समूहका पदाधिकारी वन संरक्षणमा सक्रिय भएपछि ती वन पुनः हराभरा भएका हुन् । विगत १८ वर्षदेखि वन उपभोक्ता समिति निष्क्रिय हुँदा वन क्षेत्रको जग्गा अतिक्रमण र काठ चोरी तस्करी बढेर वन क्षेत्र उजाड जस्तै बनेको थियो । एक वर्षअघि मोहन सापकोटाको अध्यक्षतामा सुन्दरी सामुदायिक वन र खड्कबहादुर विश्वकर्माको अध्यक्षतामा मोतीखोला सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको छ । पुनर्गठित समितिका पदाधिकारी र वन कर्मचारी मिलेर वन अतिक्रमण खाली गराउने, काठ चोरी तस्करी रोक्न गस्ती गर्ने र खाली जग्गामा वृक्षरोपण गरेर वन क्षेत्र पुनः हराभरा बनाएका छन् ।

सम्बन्धित सामग्री

धनुषामा अतिक्रमित ३० हेक्टर वन क्षेत्र खाली गराइयो

जनकपुरधाम- डिभिजन वन कार्यालय धनुषाले सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहराहरू हटाएको छ । धनुषाको राष्ट्रिय वन क्षेत्र अतिक्रमण​ गरिएका करिब ३० हेक्टर क्षेत्रफल जग्गा डिभिजन वन प्रमुख बेचन चौधरीको अगुवाइमा खाली गराइएको हो । जिल्लाको मिथिला नगरपालिका-११ मा रहेको सुन्दरी सामुदायिक वनको करिब १० हे...