लागुऔषध कारोबार गरेकाे आरोपमा ‘लाहुरे’ पक्राउ

काठमाडौं–र्‍यापर तथा अभिनेता आशिष राना ‘लाहुरे’ लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार उनलाई बुधबार नियन्त्रणमा लिइएको हो । तिवारीले उनीसँगै ४ जनालाई नियन्त्रणमा लिइएको बताए । उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्धामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । […]

सम्बन्धित सामग्री

लागुऔषध कारोबार गरेको आरोपमा इन्जिनियरसहित ३ जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना सिभिल इन्जिनियर र एकजना बालक अपहरण र ज्यान मुद्दामा जेल बसेर छुटेका युवक छन् । ललितपुर घर भएका ३८ वर्षका नविन श्रेष्ठ, सुनसरी घर भएका ४३ वर्षका ध्रुव लिम्बु र पर्साका ४० वर्षीय जमुना साहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट प्रहरीले २८ सय १० एम्पुल लागुऔषध बरामद गरेको छ ।काठमाडौंको कालो पुलबाट पक्राउ गरिएका ध्रुव लिम्बु सिभिल

हुलाकबाट लागुऔषध कारोबार गर्ने युवक थुनामा

हुलाकबाट लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका युवकलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । २०७८ फागुन १६ मा पर्सा जिल्लाको पोखरिया नगरपालिका–३ का २२ वर्षीय राज शिखर गुप्तालाई लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो ।२०७९ वैशाख ७ मा जिल्ला अदालतको पर्साले पुर्पक्षको लागी थुनामा राख्न आदेश गरेको छ । २०७८ फागुन ११ मा गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट गुप्ताको नाममा बेलायतबाट कार्टुनमा चकलेट आएको थियो । सो ४ दशमल ४१८ केजी क्यान्डी चकलेटमा गाँजा र चरेशको मात्रा भेटिएको लागुऔषध नि

लागुऔषध र डेढ लाख रुपैयाँसहित वीरेन्द्रनगरबाट २ जना पक्राउ

सुर्खेत – प्रहरीले वीरेन्द्रनगरमा लागुऔषध र डेढ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बुधवार लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको हो । प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका १० पदमपुरमा कोठा भाडामा बस्दै आएका वीरेन्द्रनगर १३ का २५ वर्षीय बर्ण बास बोहोरा र २८ वर्षीया भीमा तामाङ रहेका छन् । प्रहरीले उनीहरूकाे साथबाट एक लाख ५६ हजार एक सय २० रुपैयाँ नगदसहित ब्राउन सुगर आठ ग्राम ६ सय ७० मिलिग्राम,...

तुलसीपुरबाट लागुऔषध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

दाडको तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–५ का १९ वर्षीय किरण बुढाथोकी, सोही ठाउँका १८ वर्षीय सन्तोष बस्नेत र घोराही उपमहानगरपालिका २ का २५ वर्षीय अनिष डाँगी पक्राउ गरेको हो ।पक्राउ परेका अनिषले तुलसीपुर–५ बसपार्कको रुकमेली ठाडा ढुंगा होटेलमा कोठा लिएर लागुऔषध कारोबार गर्ने गरेको खुलेको  जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले ज

लुम्बिनीका ५ जिल्लामा बढ्दै लागुऔषध कारोबार

दाङ – लुम्बिनी प्रदेश राजधानी दाङसहित, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु दाङ र रुपन्देहीमा लागुऔषध कारोबार मौलाउँदै गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्यरुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् । लुम्बिनी प्रदेश […]

लुम्बिनीका ५ जिल्लामा बढ्दै लागुऔषध कारोबार

लुम्बिनी प्रदेश राजधानी दाङसहित, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु दाङ र रुपन्देहीमा लागुऔषध कारोबार मौलाउँदै गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्य रुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म लागुऔषध कारोबारमा संलग्न २ हजार ९ सय ९८ जना पक्राउ परेका छ

कारागारभित्रै कर्मचारी र बन्दीको मिलेमतोमा लागुऔषध कारोबार

काठमाडौं, पुष २० । कारागार ( जेल ) कर्मचारी र जेलभित्रै रहेका बन्दी अपराधीको मिलेमतोमा लागू औषध कारोबार हुने गरेको खुलेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हालै लागुऔषध कारोबार गर्ने १७ जनालाई पक्राउ गरेपछिको अनुसन्धानमा लागू औषध कारोबार हुने गरेको खुलेको हो । ब्युरोले राजधानीका विभिन्न स्थानबाट ३ समूहमा ७ हजार एम्पुल लागुऔषधसहित […]

लाजिम्पाटबाट ७ जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध  ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।उनीहरुको साथबाट प्रहरीले डाईजेपाम २३३ एम्पुल, सोही परिमाणमा नुर्फिन र प्रोमेथोजिङ्ग बरामद गरेको छ । आरोपीहरुको साथबाट ४७ पत्ता लागुऔषध ट्रामा पनि बरामद गरिएको एसपी बस्नेत

लागुऔषध कारोबार गर्ने १५१ व्यक्ति पक्राउ

वाग्मती । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोबार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारबाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोबारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच […]

लागुऔषध कारोबार गरेको आरोपमा प्रहरी जवानसहित ५ जना पक्राउ

प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध र नक्कली सुनसहित ५ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागु औषध कारोबार भैरहेको अवस्थामा पुगेको प्रहरी टोलीले उक्त कारोबारमा संलग्न गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।शुक्रबार पक्राउ पर्नेमा गुरुङसहित गोरखा जिल्ला गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठ