नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटिरहेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका लागि लिखित सुझाव माग गर्दै सार्वजनिक सूचना नै जारी गरिसकेको छ । मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थामात्र नभई निजी क्षेत्र र आम सर्वसाधारणसमेत प्रत्यक्ष प्रभावित हुने भएकाले पछिल्ला वर्षहरूमा यसप्रति जनचासो बढेको पाइन्छ […]