गोरखा । जिल्लामा यही साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले यसअघि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो पारेर निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । […]