बर्दघाट नगरपालिका गरीबलाई वितरण गर्न पुराना कपडा संकलन गर्दै

नवलपरासी । चिसोबाट प्रभावित गरीब परिवारलाई वितरण गर्न नवलपरासीको बर्दघाट नगरपालिकाले पुराना कपडा संकलन गर्न थालेको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्न भन्दै पुराना कपडा संकलन गर्न समिति नै बनाएर पठाएको हाे । जिल्लामा केही दिनदेखि शितलहरसँगै अत्याधिक चिसो बढेको छ । पुराना कपडा वितरणको निर्णयसँगै नगरपालिकाको आलोचना […]

सम्बन्धित सामग्री

सेन्ट्रल फाईनान्सद्वारा खेलकुद र स्टेशनरी सामग्री सहयोग

काठमाडौं। सेन्ट्रल फाईनान्स लिमिटेड बर्दघाट शाखाले सोमवार वित्तीय साक्षरता कार्यक्रमका साथै खेलकुद र स्टेशनरीका सामग्री तथा डष्टबिन वितरण गरेको छ । संस्थाले नवलपरासीको बर्दघाट नगरपालिका–१६ स्थित अनवरुल ओलुम मदरसालाई उक्त सामग्री हस्तान्तरण गरेको हो । संस्थाले उपलब्ध गराएको सामग्री बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले मदरसाका अध्यक्ष सुकुर अलि मिया र प्रधानाध्यापक अख्तर अलि मियालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा शाखाका प्रमुख भीमकान्त अधिकारीले संस्थाले सेवाग्राहीको आर्थिक उन्नतिका साथै देश विकासमा पुर्‍याउँदै आएको योगदानको बारेमा धारणा राखेका थिए ।

सेन्ट्रल फाईनान्सद्वारा खेलकुद र स्टेशनरी सामग्री वितरण

काठमाडाैं- सेन्ट्रल फाईनान्स् लिमिटेड बर्दघाट शाखाले सोमबार वित्तीय साक्षरताकार्यक्रमका साथै विद्यार्थीहरुलाई खेलकुद र स्टेशनरीका सामग्रीतथा डष्ट विनवितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ स्थित अनवरुल ओलुम मदरसामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा मदरसाको लागि संस्थाले उपलब्ध गराएको सामग्रीहरुलाई बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले मदरसाका अध्यक्ष सुकुर […]

राष्ट्रिय जनमोर्चाले गठन गर्यो नवलपरासीको बर्दघाटमा वडा समिति

परासी । राष्ट्रिय जनमोर्चाको सङ्घर्ष र सङ्गठन परिचालन समिति निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बर्दघाट नगरपालिका वार्ड नं. ४ बाढीपीडितमा मिति २०७७ माघ १५ गते आयोजित एक भेलाले बलिराज रेग्मीको अध्यक्षतामा सात सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गणेश आचार्य, सचिवमा प्रेमबहादुर कुँवरक्षेत्री, कोषाध्यक्षमा दुर्गा आचार्य तथा सदस्यहरूमा बुद्धिप्रसाद सुवेदी, कमल कँडेल र तिलमाया विक रहनुभएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा शारदा पौडेल र चुडामणि सापकोटा रहनुभएको छ । भेलाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा जिल्लाध्यक्ष किसनबहादुर अधिकारी र अन्य अतिथिमा जिल्ला उपाध्यक्ष राजेन्द्र अर्याल, जिल्ला सल्लाहकारद्वय रेम राना र तिलकप्रसाद सुवेदी हुनुहुन्थ्यो । भेलाले ओली सरकारको अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी, प्रतिगामी कदमको भत्र्सना गर्दै त्यसका विरुद्ध वडाका विभित्र ठाउँमा माघ २८ गते पर्चा वितरण र कोणसभा गर्ने निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।