खाँडाचक्र नगरपालिकाको रोटेपानी देखि ताला खोर सम्म पर्ने सडक माथिबाट आएको पहिरोले खानेपानीको पाइप लागेपछि कालिकोटको सदरमुकाम मान्म बजारमा ५ दिन यता देखि खानेपानीको हाहाकार भएको हो।...
म्याग्दीको दुधे खोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगर फाँटमा खानेपानीको हाहाकार भएको छ ।यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ पाइप बिछ्याएर सञ्चालन गरेको खानेपानी यही साउन ३ गते दुधे खोलामा आएको बाढीले क्षति पुर्याएको हो । बगर फाँटमा पुनः खानेपानीको हाहाकार भएको छ । दुई सय आठ परिवार अहिले खानेपानीको जोहो गर्न समस्या भएको छ । यहाँका बासि
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ । पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुर्याएपछि खानेपानीको हाहाकार भएको हो। खानेपानीको हाहाकार भोगिरहेका बगरफाँटबासीलाई बाढी र पहिरोको जोखिम पनि छ । मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा […]
बैतडी – बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोड्पे बजारमा ५ दिनयता खानेपानीको हाहाकार भएको छ। बैतडी दार्चुला र बझाङ जिल्लाका यात्रुहरू आउने चौराहासमेत रहेको यस बजारमा खानेपानीको हाहाकार हुँदा यहाँ आउने यात्रु, व्यापारी र स्थानीयवासी मर्कामा परेका छन्। लिफ्ट प्रणालीको खानेपानी धारामा नआउँदा दैनिक दुईदेखि तीन हजार रकम खर्च गरेर टाढाबाट पानी मगाउनु […]
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा खानेपानीको हाहाकार भएको छ । सदरमुकामसहित ग्रामिण क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । बागबजार, तुफानडाँडा, खलङ्गा, किर्तिपुर र पोखरालगायतका क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि विगत दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि दुई सय बढी घर परिवारलाई खानेपानीको समस्या भएको हो । पाइपको सामान्य मर्मत गरेर केही दिन पानी आएपनि पुन समस्या देखिएको हो । स्थानीयहरु […]
मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिव
लगातारको वर्षाका कारण खानेपानी मुहानका पाइप बगाउँदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्लामा एक हप्ता यतादेखि खानेपानीको हाहाकार भएको छ । यहाँका बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढी र पहिराले विभिन्न स्थानमा बगाएपछि खानेपानीकोे समस्या उत्पन्न भएको छ ।
अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानस...
उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकाले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए