भारतको पश्चिम बंगालमा निकै भव्य रूपमा मनाइने दुर्गापूजा वा नवरात्र महोत्सवको तयारी शुरू गरिएको छ ।
कोलकाताका दुर्गा प्रजा मण्डलहरूमा देवी प्रतिमासँगै मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जि पनि प्रतिमा राखिने भएको छ ।
भारतीय जनता पार्टीले यसमा आपत्ति जनाउँदै यसबाट हिन्दूहरूको भावनालाई अपमान भएको आरोप लगाएको छ ।
प्रख्यात मूर्तिकार मिन्टू पालले कुमारटूलीमा रहेको आफ्नो स्टुडियोमा फाइबरग्लासको प्रतिमा बनाएका छन् । त्यसमा ममता बनर्जीले मन पराउने सेतो सारी र चप्पल लगाएको देवीरूपी प्रतिमा ब...