काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै गठबन्धन आवश्यक रहेको बताएका छन्।पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कतिपय दलले अपमान गरे पनि अहिलेको परिस्थितीमा गठबन्धन आवश्यक रहेको बताएका हुन्।गठबन्धनप्रति हाम्रा धेरै गुनासो भएपनि, कतिपय पार्टीहरुले धोका दिएको भए पनि, कतिपयले अपमान गरेको भए पनि गठबन्धनको आवश्यकता अहिले पनि छ।' नेपालले भने, ‘महानगरपालिका र उपमहानगरपालिकामा हाम्रो पनि उपस्थिती रहेको छ। आउने चुनावमा धेरै ठाउँमा उम्मेदवारी दिनुपर्न