नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव कुमार नेपाललाई पार्टी महासचिव, प्रधानमन्त्री र वरिष्ठ नेता मान्दा अपमान भएको तर काँग्रेसले कानमा बसेकोे चमेरो भन्दा अपमान नभएको भन्दै काँग्रेस नेताहरुलाई अझै भन्न सुझाव दिएका छन् । मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालहरू चमेरो भन्न लायक नै भएको बताए । ‘वरिष्ठ नेता भनेर मान्दा माधव नेपाललाई अपमान भयो, अहिले काँग्रेसमा छिछि दुरदुर गर्या छन् । हाम्रा कानमा बसेको चमेरो, छ्या भन्छन्’, ओलीले भने,‘चुप लागेर बस्छन