ओलीलाई देउवाले भने : जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्री

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै …

सम्बन्धित सामग्री

जनता अधिकारसम्पन्न बनेको प्रतिक्रियावादीलाई पचेन : प्रधानमन्त्री

प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा रहेकाहरूलाई बदनाम गर्ने, घेराबन्दी गर्ने र फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । समाजवादी मोर्चाले मुलुकमा परिवर्तन ल्याई जनतालाई अधिकारसम्पन्न गराउन खोजेको, तर...

एकीकृत समाजवादी र जनता समाजवादीले विश्वासको मत दिनेमा दाहाल विश्वस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आफुलाई विश्वासको मत दिनेमा विश्वस्त रहेका छन।...

सञ्चारमन्त्रीको आरोपः ओलीको पार्टीले जनता झुक्यायो

मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए।...

जनता नै देशका मालिक हुन् :- प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन्। बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न शाहलाई चेतावनी दिएका हुन्। उनले भने, जनता नै हो यो देशको मालिक।जनताले सहयोग गरेनन् भने जान्छ। त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ,प्रजा भनेको जनता नै हो।

जनता नै देशका मालिक हुन् : प्रधानमन्त्री देउवा

कात्तिक २४, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताउनुभएको छ ।             कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा बुधवार यहाँ आयोजित कार्यक्रममा उहाँले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताउनुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गर्नुभयो । ‘अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत हो, अरूलाई यो अधिकार छैन । सर्वोच्चको व्याख्या सबैले मान्नैपर्छ’, उहाँले भन्नुभयो ।  नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उहाँले बताउनुभयो । संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उहाँको धारणा थियो । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो ।             विसं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थाल्नुभएको बताउँदै उहाँले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताउनुभएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गर्नुभयो ।             कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युतको अपार सम्भावना छ । चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौं ।’ साथै उहाँले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  रासस

पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउन मात्रै : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट प्रधानमन्त्री छानिने प्रणाली रहुञ्जेल बहुमतको सरकार नबन्ने दाबी गरेका छन्। नेपाल टेलिभिजनमा अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतामा राख्ने प्रबन्धमा संविधानमा पहिल्यै घुसाइएको पनि टिप्पणी गरे। ओलीले पाँच वर्ष स्थिर सरकारको कुरा जनता अलमल्याउनका लागि मात्र भएको दाबी छ।पछिल्लोपटक सरकार प्रतिकूल आएका सर्वाेच्चका फैसलाहरूलाई ओलीले सरकारलाई काम गर्न नदिने र असफल गर्ने खालको भएको ओलीको टिप्पणी छ। यस अगाडि पनि कामचलाउ

माधव नेपाल भन्छन् : ‘मत नदिनु देश जनता र पार्टीप्रतिको निष्ठा’

काठमाडौं : एमाले नेता माधवकुमार नेपालले आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठा भएको दाबी गरेका छन्।उनले संसद्मा ओली विश्वासको मत लिन असफल भएपछि विज्ञप्ति जारी गर्दै ओलीलाई एकताका लागि अपिल पनि गरेका छन्। सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उनले प्रधानमन्त्री ओलीका गलत क्रियाकलापको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमु

सरकार संवेदनशील छ, जनता पनि सचेत हुनुपर्यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशिल रहेको भन्दै संयम हुन सबैलाई अपिल गरेका छन् ।प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको जीवनरक्षा पहिलो दायित्व हो भन्नेमा सरकार दृढ रहेको र कोभिड १९ को दोश्रो लहरको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको बताएका हुन् । उनले भने, “कुनै […]