जनता नै देशका मालिक हुन् :- प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चुनौती दिएका छन्। बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न शाहलाई चेतावनी दिएका हुन्। उनले भने, जनता नै हो यो देशको मालिक।जनताले सहयोग गरेनन् भने जान्छ। त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ,प्रजा भनेको जनता नै हो।

सम्बन्धित सामग्री

जनताकाे आदेशमा सरकार र पार्टी चल्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दल चल्नुपर्ने बताउनुभएकाे छ । प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकाे उहाँकाे भनाइ थियाे ।    नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयाे, ‘जनतालाई के विश्वास दिलाउन चाहन्छु भने– जनता यो दे...

जनता देशका मालिक हुन् : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता देशका मालिक भएको र उनीहरूले नै सत्तामा कसलाई पु-याउने वा नपु-याउने भन्ने निर्णय गर्ने बताउनुभएको छ। नेपाल महिला सङ्घ केन्द्रीय समितिले बुधबारदेखि काठमाडौँमा सुरु गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीभित्रका सक्रिय र सक्षम महिलालाई निर्वाचनमा नेपालको संविधानले तोकेअनुसारको अवसर प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “तर टिकट पाइसकेपछि जितेर देखाउनुहोस्। हार स्वीकार हुने छैन।”

जनता नै देशका मालिक हुन् : प्रधानमन्त्री देउवा

कात्तिक २४, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताउनुभएको छ ।             कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा बुधवार यहाँ आयोजित कार्यक्रममा उहाँले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताउनुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गर्नुभयो । ‘अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत हो, अरूलाई यो अधिकार छैन । सर्वोच्चको व्याख्या सबैले मान्नैपर्छ’, उहाँले भन्नुभयो ।  नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उहाँले बताउनुभयो । संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उहाँको धारणा थियो । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो ।             विसं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थाल्नुभएको बताउँदै उहाँले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताउनुभएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गर्नुभयो ।             कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युतको अपार सम्भावना छ । चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौं ।’ साथै उहाँले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  रासस

प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको वास्तविक  मालिक जनता भएको

प्रजातन्त्रविरुद्ध मानिसहरु सल्बलाउन थाले– प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाले जनता भन्दा ठूलो शक्ति नभएको र प्रजातन्त्रको मालिक सधै जनता हुने भन्दै प्रजातन्त्रको विरुद्धमा कोही उभिन नसक्ने उल्लेख गर्नुभयो ।

लोकतन्त्रमा जनता मालिक हुन्छन् : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनको सरकार भएमा जनताका हकअधिकार कुण्ठित हुने बताउँदै लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताएका छन् ।  यही मंसिर २१ गते...

कम्युनिष्ट शासन आए अन्याय पर्दा पनि बोल्न पाइँदैनः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवालले कम्यूनिष्ट शासन तानाशाही हुने बताएका छन्। दाङको तुलसीपुरमा मंगलबार आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा कम्युनिष्ट शासन आए बोल्न, लेख्न र अन्याय पर्दा न्यायसमेत पाइदैन।’ नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले डरत्रासयुक्त एकदलीय र तानाशाही कम्युनिष्ट व्यवस्था रोज्ने कि जनता मालिक हुने संघीय लोकतान्त्रिक व्यवस्था रोज्ने त्यो फैसला गर्ने…