जनकपुरधाम : कोरोना संक्रमण तीव्र गतिले बढ्दै गइरहेको अवस्थामा जनकपुर बजारमा औषधीको अभाव सुरु भएको छ। औषधी अभाव हुँदा संक्रमितको उपचार समेत प्रभावित भएको छ।
यहाँका थोक बिक्रेताले बजारमा औषधीको कृत्रिम अभाव सिर्जना गरेको औषधी पसल सञ्चालकहरुले आरोप लगाएका छन्।
कोरानाको उपचारका लागि पहिलो चरणमा आवश्यक पर्ने औषधीको अभाव भइरहेको हो।
जनकपुरधामको अस्पताल रोडस्थित जालान मेडिकल…