महांसघको टोलीलाई उर्जामन्त्रीको जवाफ ' पिपिए गर्ने अवस्था छैन'

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बजारको सुनिश्चितताका आधारमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने बताएकी छिन् । डिमान्ड शुल्क बढाउने प्रस्ताव अगाडि नबढाउन तथा विगत लामो समयदेखि रोकिएको पिपिए खुलाउन माग गर्दै आज ऊर्जा मन्त्रालय पुगेको उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डललाई उनले माग र आपूर्तिको सन्तुलन अध्ययन गरेरमात्र सम्झौतलाई अगाडि बढाउने बताएकी हुन्।मन्त्री भुसालले भनिन्, “वस्तुगत आधार तयार नभइ पिपिए गर्ने अवस्था छैन ।” जलविद्युत् उत्पादनका लागि स्वदेशी लगानी सकारात्मक रहेको उल्लेख गर्दै उनले उद्योग वाणिज्य महासङ्घले आयोजना निर्माण गर्ने विषयमा हामी सकारात्मक रहेको बताएकी छिन् ।  मन्त्री भुसालले बढी विजुली खपत गर्ने उद्योग स्थापना गर्न र त्यस्ता उद्योगलाई भित्राउन महासङ्घले पहल गर्नु पर्ने बताएकी छिन् ।उद्योगी तथा व्यवसायीले मागेको स्थानमा विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन् , “पूर्वाधार छिटो सम्पन्न गरेर मागेका स्थानमा हामी विद्युत् पु¥याउँछौँ ।” विद्युत् खपतका विषयमा वस्तुगत भएर सोच्ने समय आएको उल्लेख गर्दै मन्त्री भुसालले कृषि, सिँचाइ एवं अन्य क्षेत्रमा कसरी विद्युत खपत् गर्न सकिन्छ भन्ने विषयलाई विशेष ध्यान दिने बताईन् ।गरिबीको रेखामुनी रहेका आधारभूत नेपाली जनताले निःशुल्क विद्युत् पाउँदा निजी क्षेत्रलाई महसुल बढाउने नीति नलिएको स्पष्ट पार्दै मन्त्री भुसालले विद्युत् महसुल दरलाई निरन्तररूपमा कम गर्दै लैजाने विश्वास दिलाईन् । उनले जलासययुक्त आयोजना निर्माणका लागि राज्यले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै त्यसतर्फ लाग्न निजी क्षेत्रलाई सुझाव दिएकी छिन्।सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले निजी क्षेत्रले पिपिए गरेर विद्युत् गर्न चाहेका अवस्थामा सरकार सकारात्मक हुने उल्लेख गर्दै प्राधिकरणले नै पिपिए गर्ने विषयमा बजार अध्ययन आवश्यक रहेको बताए  । उनले विद्युत् धेरै खपत गर्ने उद्योगलाई छुट दिने विषयमा छलफल गरेर अगाडि बढ्न सकिने विश्वास दिलाए  ।त्यस अवसरमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहितको टोलीले पिपिए खुलाउन र पछिल्लो समय प्रस्ताव गरिएको डिमान्ड शुल्क बढाउने प्रस्तावलाई अगाडि नबढाउन आग्रह गरेको थियो ।

सम्बन्धित सामग्री

बेपत्ता शिक्षकको अवस्था अज्ञात

१८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ। यही भदौ ५ गते विद्यालय जान हिंडेका डिलाशैनी गाउँपालिका-२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो।...

‘नेपालमा महिलाको अवस्था’ सार्वजनिक

राष्ट्रिय महिला आयोगद्वारा प्रकाशित ‘नेपालमा महिलाको अवस्था’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।  नेपालका विभिन्न क्षेत्रमा महिलाको अवस्था झल्काउने...

सत्यमोहनको अवस्था चिन्ताजनक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

राजु श्रीवास्तवको अवस्था फेरि गम्भिर

एजेन्सी । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तवको अवस्था फेरि गम्भिर बन्दै गएको छ । बुधबार रातिदेखि उनको अवस्था झन गम्भिर बन्दै गएको छ । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको बताएका छन् । मस्तिष्क सुन्निएको कारण पानी भरिएकोले उनकाे अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । परिवारका सदस्य र धेरै आफन्तहरू […]

रेनु दाहालको अवस्था खतरामुक्त

दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर

मस्को । अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन् । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उनी स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उनले बताएका छन् । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय […]

नर्भिकले भन्यो- बसन्त चौधरीको अवस्था गम्भीर छैन

नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको समाचार बाहिरिएपछि नर्भिकले अवस्था गम्भीर नभएको स्पष्ट पारेको छ।

दुर्गाप्रसादको अवस्था अझै सुध्रिएन

इलाम : ४ दशकभन्दा लामो समय भारतीय जेलमा बिताएका इलाम माई नगरपालिका–१० लुम्बकका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।चैत्र ८ गते घर फर्किएका दुर्गाप्रसादको पटक पटक स्वास्थ्य उपचार गरे पनि सुधार आउन सकिरहेको छैन। घर ल्याएपछि स्वास्थ्य अवस्था सुधार हुँदै आएको थियो। तर पछिल्लो केही सातादेखि स्वास्थ्य असामान्य बन्दै गएको उनका भतिज गोपाल तिम्सिनाले बताए।‘शारीरिक अवस्था ठिकै छ। चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भनेका थिए। तर मानसिक अवस्था झनै बिग्रिँद

खनालको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । अस्वस्थ भई सोमबार (आज) विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । खनाललाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको छ । खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा […]

कस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अवस्था ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका शाहको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले जानकारी दिए । यस्तै शाहसँगै अस्पताल भर्ना भएका पूर्वराजी कोमल, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था पनि सामान्य रहेको छ । शाहसहित ३ जनालाई डा. श्रीवास्तव र डा. जेपी जैसवालको टिमको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।केही समय पहिले भारतको हरिद्वारमा कुम्भ मेलामा सामेल भ