महेन्द्रनगर – कैलालीको लम्कीका ७० वर्र्षीय गगन सिंह बिहीबार बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिनुभयो ।
दुई महिनाअघि मात्रै कामका लागि भारतको सिमला पहाड पुग्नु भएका उहाँ परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको चुनावका लागि भोट हाल्न नेपाल आउनुभएको हो ।
‘गाउँघरबाट भोट हाल्न सबले आउनुर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ’, गगनले भन्नुभयो, ‘जीवनभर भोट गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा काम गर्नुको विकल्प भएन ।’
उहाँले स्वदेशमै रोजगारी ...