प्रदेश २ मा कोरोनाको ग्राफ उकालो लागे पनि खोप लगाउने दर बढ्न सकेन

जनकपुर । भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ ।  गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९...

सम्बन्धित सामग्री

प्रदेश २ मा खोप अभियान तीव्र

प्रदेश २ स्वास्थ्य निर्देशनालयले पुस मसान्तमा प्रदेशको ६६ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना महामारीको तेस्रो लहरको रूपमा ओमिक्रोन संक्रमण बढ्न सक्ने भन्दै निर्देशनालयले खोप अभियानलाई तीव्र बनाएको हो ।

यी हुन् पुस १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने ८ जिल्ला

काठमाडौं : सरकारले २० वटा जिल्लामा कोरोनाविरुद्ध फाइजर खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक, चितवन, सिन्धुली र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा  र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ।यसको दोस्रो डोज माघ ४ गतेदेखि १३ गतेसम्म लगाउने मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश १ को झापा, मोरङ र सुनसरी प्रदेश २ को सप्तरी, धनुष

कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने

काठमाण्डाै - भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ ।  प्रदेश-१ र प्रदेश-२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश-१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।  खोप लगाउनका लागि काठमाण्डौमा १ सय ४४ केन्द्र तोकिएको छ । अरु जिल्लामा ...

१७ लाख ८२ हजारको लक्ष्य, एक लाख ६५ हजारले लगाए कोरोना खोप

काठमाडौं । नेपालमा हालसम्म एक लाख ६५ हजार ४२८ जनाले खोप लगाएका छन् । सोमबार स्वास्थय तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा हिजो फागुन २३ गतेसम्म सो संख्यामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार नेपालमा १७ लाख ८२ हजार ४९९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । त्यसमध्ये हिजो (फागुन २३ सम्म) उक्त संख्यामा खोप लगाइएको हो । आज (सोमबार) को विवरण आउन बाँकी छ। जसमध्ये प्रदेश १ मा २१ हजार १६८, प्रदेश २ मा २० हजार ७५९, वागमती प्रदेशमा १० हजार ४०८, गण्डकी प्रदेशमा ३१ हजार १८९, लुम्बिनीमा ४२ हजार २४८, कर्णालीमा १० हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ६९ जनाले खोप लगाएका छन्। गत माघ १४ गतेदेखि सुरु भएको खोप अभियान अन्तर्गत हिजोदेखि दोस्रो चरणको खोप सुरु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर ६५ वर्षमाथिका नागरिकका लागि खोप कार्यक्रमको सुरुवात गरिएको हो ।

सप्तरीमा ९८.३७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

सप्तरीमा पहिलो चरणमा ९८ दशमलव ३७ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश- २ का सबै जिल्लामा १४ माघदेखि अग्रमोर्चामा रहेर कार्य गरिरहेकालाई खोप लगाउने कार्य सुरु भएको थियो । जसअनुसार सप्तरीमा ३ हजार ६९३ जनाले खोप लगाएका हुन्

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’: RajdhaniDaily.com | सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण - ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’, मन्त्री साहले भने

कोरोनाविरुद्धको खोप लगाउँदै प्रदेश २ का कानुनमन्त्रीले भने– नडराइ खोप लगाऔं

१४ माघ, जनकपुरधाम । कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश २ मा पनि शुरु भएको छ । प्रदेशका ८ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो । अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको …

प्रदेश २ मा ३४ हजारलाई कोरोनाविरुद्धको खोप

१२ माघ, जनकपुरधाम । प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ  …

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो । प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. म...