काठमाडौँ- प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक प्रतिवेदनअनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको पाइएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट […]