काठमाडौँ । चार वर्षदेखि बन्द नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउने पहलका लागि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्रै लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन् । नाका बन्द भएपछि स्थानीयलाई आर्थिक संकट पर्दा हातमुख जोर्न समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सृजना भएको, महँगी चरम […]