चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सिमाना ओलाङचुङगोला (टिप्ताला भञ्ज्याङ) नाका खुलाउन माग गर्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन् ।