नागपाेखरीमा बिहानैदेखि भक्तजनकाे घुइँचाे (तस्वीरहरू)

बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

सम्बन्धित सामग्री

गुल्मीका शक्तिपीठमा दिनभर श्रद्धालुको घुइँचाे

गुल्मी – दशैँको नवाैँ दिनमा गुल्मीका शक्तिपीठहरूमा दिनभर नवदुर्गा भवानीको पूजा–आराधना गरी महानवमी पर्व मनाइएको छ । महानवमीको अवसरमा गुल्मी मुसिकोट, धुर्कोट, इस्माकोट, अर्जै, चारपाला, जोगिथुम, थामको छत्रदेव लगायतका शक्तिपीठहरूमा पूजाआजा गर्नेहरूकाे दिनभर घुइँचाे लाग्यो । गुल्मीका धार्मिक एवम् ऐतिहासिक मन्दिर र देवालयहरूमा महानवमीको अवसरमा पशु बलि दिएर मन्दिरमा देवतालाई चढाउने प्रचलन छ । पशु बलि नदिनेहरूले भने कुभिन्डो, काँक्राे, मुला जस्ता वस्तुको बलि दिने प्रचल छ । विगतका वर्षहरूको तुलनामा यस पटक शक्...

काठमाण्डाै उपत्यकाबाट घर फर्कनेकाे घुइँचाे (तस्बिरसहित)

काठमाण्डाै - विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको घुइँचाे लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको लर्काे बढेको छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको भिड लागेको छ । उपत्यका भित्रका सार्वजनिक गाडीमा पनि यात्रुको थामी नसक्नु भिड छ । भिडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीमा जाम समेत बढेको छ । यस्तै, गाडी छुट्ने नयाँ बस...

बैंकहरूमा नयाँ नाेट साट्नेकाे लाइन (तस्वीरहरू)

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिएपछि बैंकहरूमा नाेट साट्नेहरूकाे घुइँचाे लागेकाे छ । दसैँ, तिहारलगायत चाडबाड लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सहटी सुविधा दिएको हो ।

विराटनगर सुनसान, जोगबनीमा घुइँचाे

विराटनगर– नेपालीहरूको महान् चाड बडादसैं र तिहार नजिकिए पनि विराटनगरका व्यापारीहरू खुसी छैनन् । एकातिर आर्थिक मन्दी अर्कातिर नेपाली उपभोक्ताको आकर्षण जोगबनीतर्फ बढेको छ । दसैंको किनमेलका लागि सीमावर्ती भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताका कारण खुट्टा राख्ने ठाउँसम्म छैन । तर, विराटनगर बजार भने सुनसान देखिएको छ । केही महिनाअगाडि विराटनगरका व्यापारीको आग्रहमा विराटनगर महानगरपालिकाको […]

बालाजुकाे बाईसधारामा स्नान गर्न भक्तजनकाे घुइँचाे (तस्वीरहरू)

काठमाडौंको बालाजुस्थित बाईसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू यहाँ जाने गरेका छन् ।

कमलामाई मन्दिरमा भक्तजनको घुइँचाे

सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा आइतबार लागेकाे माघे संक्रान्ति मेलामा ५ लाख श्रद्धालु भक्तजनहरूले दर्शन गरेका छन् । १ महिना चल्ने कमलामाईको मेलामा दर्शन गर्न आएका भक्तजनहरूले भाकल बुझाउन ल्याएका पाठी, परेवा, हाँस, कुखुरा र बोका गरी ५० हजार पशुपंक्षीको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको हाे । माघे सक्रान्तिको बिहानदेखि बेलुकीसम्म कमलामाई र कमलामाईको […]

घटस्थापनामा शक्तिपीठमा दर्शनार्थीको घुइँचाे (फाेटाेसहित)

काठमाण्डाै - आजदेखि नवरात्रि सुरु भएको छ ।  नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ । नवरात्र सुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ । काठमाण्डौका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भिड छ । यस अवसरमा भद्रकाली, सङ्कटा, दक्षिणकाली, रक्तकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालीका स्थान, पलाञ्चोक भगव...

ललितपुरकाे ढुंगेसाँघुको नवनिर्मित मुक्तिनाथ धाममा दर्शनार्थीको घुइँचाे

ललितपुर, २७ माघ : ललितपुरको गोदामचौर ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजाेआज हरेक दिन बिहान दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण बढ्न थालेको हो । ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष राधाकृष्ण कार्की दिनमा पाँचदेखि ६ हजारसम्म दर्शनार्थी आउने गरेको बताउँछन् । उनले भने, ‘आजकल काेरोनाका कारण केही भीड […]

‘सेल्फि डाँडा’मा सेल्फि खिच्नेकाे घुइँचाे

विराटनगर : दिक्तेल–उदयपुर सडक खण्डमा रहेको सेल्फि डाँडा पछिल्लो समय पर्यटकीय क्षेत्र बन्दै गएको छ।उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट करिब १० किलोमिटरको दूरीमा रहेको सेल्फि डाँडाबाट उदयपुर जिल्लाको दृष्य अवलोकन गर्न सकिन्छ।समुन्द्र सतहदेखि करिब सात सय मिटर उच्चाइँमा रहेको सेल्फि डाँडा भ्रमणका लागि उदयपुरवासी मात्रै नभएर बाह्य जिल्लाबाट पनि पर्यटक आउने गरेको स्थानीय पत्रकार गजेन्द्र राईले बताए।साँझको समयमा पारिवारीक जमघट, सेल्फि खिच्ने, टिकटक बनाउनका लागि युवादेखि वृद्धसम्मको घुइँचो लाग

कालीकाेटमा सहुलियतकाे चामल लिनेकाे घुइँचाे

कालीकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ । सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो ।  एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ । कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट मङ्गलवारसम्म तीन सय १३ कुइन्टल ३७ केजी ...