कालीकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ । सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो ।
एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ । कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट मङ्गलवारसम्म तीन सय १३ कुइन्टल ३७ केजी ...