गुल्मी – दशैँको नवाैँ दिनमा गुल्मीका शक्तिपीठहरूमा दिनभर नवदुर्गा भवानीको पूजा–आराधना गरी महानवमी पर्व मनाइएको छ । महानवमीको अवसरमा गुल्मी मुसिकोट, धुर्कोट, इस्माकोट, अर्जै, चारपाला, जोगिथुम, थामको छत्रदेव लगायतका शक्तिपीठहरूमा पूजाआजा गर्नेहरूकाे दिनभर घुइँचाे लाग्यो ।
गुल्मीका धार्मिक एवम् ऐतिहासिक मन्दिर र देवालयहरूमा महानवमीको अवसरमा पशु बलि दिएर मन्दिरमा देवतालाई चढाउने प्रचलन छ । पशु बलि नदिनेहरूले भने कुभिन्डो, काँक्राे, मुला जस्ता वस्तुको बलि दिने प्रचल छ ।
विगतका वर्षहरूको तुलनामा यस पटक शक्...