काठमाडौं : सर्वोच्च अदालतबाट जन्मकैदको फैसला उल्टिएपछि फरार भएका रञ्जन कोइरालालाई उपत्यका अपराध अनुसन्धान महाशाखाले आज पक्राउ गरेको छ।सर्वोच्चले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी कोइरालाको कैद मिनाहा गर्ने निर्णय हिजो उल्ट्याएको थियो। अदालतले आफ्नै निर्णय उल्ट्याउँदै पूर्वडिआइजी कोइरालाको जन्मकैद सदर गरेको थियो। यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो। काठमाडौं जिल्ला अदालतले पूर्व डिआइजी कोइर