प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रित कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा विभिन्न ७ एजेन्डा तय गरिएको छ । जसमध्ये मुख्य एजेन्डामा पार्टीको सरकारमा सहभागितासम्बन्धी रहेको छ। पार्टीभित्र सरकारमा सहभागी हुने नहुनेबारे दुई लाइन रहेको सन्दर्भमा आजको बैठकले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकले केन्द्रका साथै प्रदेश सरकारमा पार्टीको रणनीति तथा योजनाका विषयमा पनि निर्णय गर्ने प्रवक्ता भुवन पाठकले जानकारी दिए । य