एमालेमा हेटौंडाका मेयरका उम्मेदवार चयन प्रक्रिया सर्‍यो

२६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपछि नेकपा एमालेले शुक्रबार तय गरेको उम्मेदवार छनोटको प्रक्रिया पछि सारेको छ । मकवानपुरका हेटौंडा उपमहानगरपालिकाबाहेकका एक नगरपालिका र आठ वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ । तर हेटौंडामा भने उम्मेदवार छनोट प्रक्रिया आइतबारसम्मका लागि स्थगित गरिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल […]

सम्बन्धित सामग्री

एकमात्र उपमहानगर मेयरमा तीन जना सिफारिस

रोशन पराजुली, हेटौंडा वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाका लागि लामो कसरतपछि नेकपा एमालेले मेयरका लागि वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । मंगलबार भएको बैठकमा सर्वसम्मतरूपमा मेयरका उम्मेदवार चयन गर्न […]

एमालेले ओलीको गृहनगरमा आज मेयर छान्ने, झापाका १२९ वडामा जुटेन सहमति

नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ । नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भा