नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै राजनीतिक दल एउटै नभएको टिप्पणी गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीहरू बाहिरी आवरणमा एउटै देखिए पनि धेरै ठुलो भिन्नता रहेको बताए । ‘सबै राजनीतिक दल एउटै छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको छ । त्यो बढो डरलाग्दो छ । सबै दलहरु उस्तै छैनन्’ प्रचण्डले भने, ‘त्यहाँ बहस र छलफल छ । त्यहाँ दुई खालका प्रवृत्ति र दुइ खालका विचार छन् । एउटा वैज्ञान