नेपालमा वार्षिक औसतमा ३९० जनाको पानीमा डुबेर ज्यान जाने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । यसरी पानीमा डुबेर मृत्यु हुने कारण धेरै हुनसक्छ । कोही पानीमा पौडिन सिक्ने चक्करमा नदी वा पोखरीमा डुब्छन् । कोही सामान्य पौडिन जान्ने मानिस आफ्नो प्रतिभा देखाउन ठूला नदीमा जाँदा डुब्छन् । बच्चाहरु नजानेर डुब्न […]
मनोवैज्ञानिक प्राथमिक उपचारको पनि नियमित र निरन्तर कार्यक्रम, परियोजना र बजेट हुनुपर्छ। स्कुल, क्लब, संघसंस्था, समाज, उद्योगहरू मार्फत यसबारे आवश्यक कला, जानकारी, ज्ञान दिएर सबलाई सबल बनाउन तालिम, कार्यक्रम आवश्यक हुन्छ।
अर्थात् झन्डै ८० प्रतिशत सर्पहरु विषालु हुँदैनन्/छैनन्। नेपालमा तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घटना धेरै हुने गरेको बताइन्छ। प्रायः सर्पहरु बर्षात भएपछि उनीहरूको बासस्थानबाट बाहिर निस्कने गर्दछन्। करेत सर्पले प्रायः राती मात्र टोक्ने गर्छ, भने कोब्रा सर्पले बेलुका र दिउँसो धेरै टोक्ने गर्छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुका निम्ति समयमै पहिचान गर्न `स्क्रिनिङ´कार्यक्रम सुचारु गर्नुपर्ने र हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सकृय भएर लाग्नुपर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँगाउँसम्म जनचेतना फैलाउन सक्नुपर्छ।
स्याङ्जा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले भीरकोटका १८ वटा विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम दिएको छ । दुई दिनसम्म पब्लिक ऐकेडेमी मावि र बालोदय माविमा सञ्चालन गरिएको तालिममा ५८ जना शिक्षक र विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिइएको प्रशिक्षक घनश्याम पौडेलले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय युवा समन्वय परियोजना जापानको आर्थिक सहयोगमा […]
काठमाडौं । नेपालमा उच्च तथा मध्यम स्तरको आँखा उपचार सेवा विस्तारमा प्रगति भए पनि प्राथमिक आँखा उपचार सेवामा प्रगति हुन सकेको छैन । सरकारले उच्च तथा मध्यम स्तरको आँखा उपचारमा प्रभावकारी सेवा दिइरहेको बताउँदै आए
लमजुङ । मध्यनेपाल नगरपालिकाले पालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचार किटबक्स उपलब्ध गराएको छ । ग्रामिण भेगमा स्वास्थ्य क्षेत्रमा काम गरीरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरपालिकाले प्राथमिक उपचार किट बक्स उपलब्ध गराएको हो । नगरपालिकाले गत वर्षको स्वास्थ्य सम्वन्धी कार्यक्रमहरुको समिक्षा गर्दै सोही अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचार बक्स […]