विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ।
दाङ- दाङबाट उद्धार गरिएका सर्पदंशका सिकिस्त बिरामीले उपचारपछि नयाँ जीवन पाएका छन्। प्युठान नगरपालिका वडा नं. १ निवासी दिदी १३ वर्षीया करिना बस्नेत र १० वर्षीया भाइ करण बस्नेतलाई असार २५ गते विषालु सर्पले डसेको थियो। जिल्ला अस्पताल, प्युठानमा प्राथमिक उपचार गरेर थप उपचारको लागि भेरी अस्पताल, बाँके लग्ने क्रममा सर्पदंश विशेषज्ञको टोलीले दाङबाट उद्धार […]
मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका पाँच सय ५२ आप्रवासीलाई उद्धार गरेको छ । महिला र नाबालिगसहित आप्रवासीहरू प्रायः उप–सहारा अफ्रिकाका रहेको सैन्य विज्ञप्तिलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
भूमध्यसागर र एटलान्टिकमा कार्यरत मोरक्कन शाही नौसेनाका कोस्टगार्ड एकाइहरूले विभिन्न कारबाहीका क्रममा आप्रवासीहरूलाई उद्धार गरेका छन् । केही आप्रवासीहरूको स्वास्थ्य अवस्था खराब रहेको र उनीहरूलाई बन्दरगाहहरूमा फिर्ता ल्याइनुअघि नौसेनाबाट प्राथमिक उपचार प्रदान गरेको सेनाको विज्ञप्तिमा उल्लेख छ...
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ (सिमुलेसन) गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्म स्याङ्जाको आयोजनामा सिमुलेसन गरिएको हो । कालिगण्डकी नदी किनारामा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पु-याउने विधिकाबारेमा नमुना अभ्यास गरिएको हो ।सशस्त्र प्रहरी बल नेपाल ४ […]
टिपर दुर्घटनामा परि घाइते भएका सबैको नेपाली सेनाको एमआई सेभेटिन हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा घाईते भएकाहरुको प्राथमिक उपचार जिल्ला अस्पतालमा गरिए पनि थप उपचार गर्नु पर्ने भएपछि जिल्ला अस्पतालले नेपालगंज रिफर गर्दा हेलिकोप्टरबाट नेपालगंज उद्धार गरिएको छ ।