घर नबनाई किस्ता : पैसा लिएर किस्ता निकासा गर्न वडा अध्यक्ष र प्रविधिक नै सक्रिय

काभ्रे – काभ्रेको विकट क्षेत्र डाँडापारीमा स्थानीयले घर नबनाई भूकम्प पीडितको नाममा दोश्रो किस्ताको रकम बुझेका छन् । खानिखोला गाउँपालिका वडा नम्बर–४, का स्थानीयबासिन्दा र प्राविधिकको मिलेमतोमा डाँडागाउँका केही बासिन्दाले घर नबनाई दोश्रो किस्ताको रकम बुझेको पाइएको हो । वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बम र स्थानी...

सम्बन्धित सामग्री

मृत्यु भएका व्यक्तिको नामलाई आमा जनाएर वडाध्यक्षले भत्ता खाए

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ। मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको

सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तण

भदौ ४, बैतडी । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले  बैतडीको पाटन नगरपालिका वडा नं. ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।  ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी  खगेन्द्र भट्टले बताए । मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए । मृतकको बीमांक रकम २२ लाख थियो । मृत्यु दाबी रकम भुक्तानीले परिवारलाई केहि राहत भएकोले जीवन बीमा गर्नु आफ्नो र परिवारको सुरक्षाको लागि रहेको रकम हस्तान्तणमा सहभागी वडा अध्यक्ष देवेन्द्र कुवरले बताए ।