न्यु दिल्ली – बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेकाे छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेकाे छ । सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ ...