गभर्नरबाट निलम्बन गर्ने निर्यणविरुद्ध महाप्रसाद अधिकारी सर्वोच्चमा
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन् । आफूलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै निलम्बन फुकुवा भएका गभर्नर महाप्रसाद अधिकारी बुधबार काममा फर्किएका छन् । सरकारको निर्णयविरुद्ध अदालत पुगेको अधिकारीको रिटमा मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै काममा नरोक्न आदेश दियो । महाप्रसाद अधिकारीको निलम्बन र त्यसपछि सर्वोच्चको आदेशबाट उनी काममा फर्किने आदेशको अर्थबारे देश सञ्चारका सम्पादक युवराज घिमिरेको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत जानुभएको छ । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत जानुभएको हो । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको छ । […]
काठमाडौं : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरुद्ध अदालत पुगेका छन्।गत चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि झण्डै १० दिनपछि अधिकारीका तर्फबाट वकिलहरू रिट निवेदन दर्ताका लागि सर्वोच्च पुगेका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गरेका छन्।अहिले रिट हेरफेर गरी दर्ता गर्ने प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । आफूलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो । गभर्नरको जिम्मेवारीमा फर्काउनका […]
नेपाल राष्ट बैंकका निलम्बित गभर्नर निलम्बन विरुद्द सर्वोच्च अदालत पुगेका छन्। सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका हुन्।आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले छानविन समिति गठन गरेको, समितिमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको लागि उनले अन्तरिम आदेश माग गरेका छन् । उनले आफुलाई गभर्नर पदमा पुनर्बहालीको माग गर्दै अन्तरिम आदेशको पनि माग गरेका छन् ।उनको रिट दर्ता हुने क्रममा रहेको छ ।चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानविन गर्न समिति गठन गरेसंगै उनी स्वत निलम्बनमा परेका हुन् । सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ। डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको छानविन समितिले अधिकारीमाथि लागेको आरोपको छानविन गरेर एक महिनामा प्रतिवेदन दिने कार्यादेश पाएको छ।समितिबाट छानविन गराई समितिले पेश गरेको सिफारिसको आधारमा गभर्नरलाई पदमुक्त गर्न सकिने कानुनी ब्यबस्था छ। सरकारले राष्ट्रबैंक ऐनमा भएको ब्यबस्था अनुसार नै सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीशको अध्यक्षतामा छानविन समिति गठन गरेको हो।समितिले जाँचबुझ गरी आफ्नो राय ठहर सहितको सिफारिस नेपाल सरकार समक्ष पेश गर्नु भन्दा अघि गभर्नरसंग बयान लिन वा सोधपुछ गर्न सक्नेछ । समितिले जाँचबुझ को सिलसिलामा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछ । समितिले राय ठहर सहितको आफ्नो सिफारिस एक महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ । छानविन सुरु हुना साथ गभर्नर निलम्बनमा पर्ने ब्यबस्था भएकोले उनी निलम्बनमा परेका हुन्।छानबिन समितिमाथि नै प्रश्न ?छानबिन समितिको नेतृत्त्वमा रहेका पुरुषोत्तम भण्डारी नाताले अर्थमन्त्री जनार्दन शर्माको दाई भएको पाइएको छ। नाताले सानीआमा ठूलीआमाका नातीहरू अर्थात दाजुभाई मात्र नभई भण्डारी र शर्माको पुरानो सम्बन्ध रहेको देखिन्छ।पुरानो सम्बन्ध र आफन्त भएकै कारण भण्डारीको नेतृत्वको छानविन समितिबाट निष्पक्ष छानविन हुनेबारे अहिलेदेखि नै प्रश्न उठाउन थालिएको छ।
सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले अधिकारीलाई निलम्बन गर्दै कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । आर्थिक अवस्था डामाडोल हुँदै गएको, राष्ट्र बैंकको गर्भनरका हैसियतमा गर्नुपर्ने कामकारवाहीमा प्रश्न चिह्न खडा भएको भन्दै स्रोतले गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको जनाएको […]
काठमाण्डाै – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।सरकारले निलम्बन गरेको बारे थाहा भएको र औपचारिक पत्र भने नआइसकेको गभर्नर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । हिजाे बिहीवार बसेकाे मन्त्रिपरिषद्को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेकाे थियाे । उहाँमाथि लागेका आराेपबारे छानबिन गर्न समिति नै गठन गरिएकाे हाे ।