काठमाडौं : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरुद्ध अदालत पुगेका छन्।गत चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि झण्डै १० दिनपछि अधिकारीका तर्फबाट वकिलहरू रिट निवेदन दर्ताका लागि सर्वोच्च पुगेका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गरेका छन्।अहिले रिट हेरफेर गरी दर्ता गर्ने प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।