बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डले मुख्यमन्त्री शाक्यले आगामी आइतबार विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गर्ने जानकारी दिनुभयो ।